Logo
  • आइतबार, माघ १५ २०७९Jan 29 2023

जुम्लामा लडेर एक पुरुषको मृत्यु

जुम्लामा लडेर एक पुरुषको मृत्यु

images

नेपाल फेस

मंसिर १७, २०७९ शनिबार
  • 1.5K
    SHARES

  • जुम्लामा लडेर एक पुरुषको मृत्यु

    जुम्ला। जुम्लामा जन्ती गएर घर फर्कने क्रममा एक जनाको मृत्यु भएको छ । तिला गाउँपालिका-६ का अन्दाजी ४७ वर्षीय देव रावतको लडेर मृत्यु भएको हो ।

    images

    रावतले अत्यधिक मदिरा सेवन गरेकाले लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले बताए । सँगैका साथीहरू समयमै घर फर्किए पनि उनी नआएपछि खोजी गरिएकोमा तिला १ राराको सेरी बजारबाट घर फर्केका रावतको लडेर मृत्यु भएको हो ।

    शव पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने काम भइरहेको प्रहरी निरीक्षक जोशीले बताए। 

    नेपाल फेस

    सम्बन्धित समाचार