Logo
  • आइतबार, माघ १५ २०७९Jan 29 2023

३ महिनामा विद्युत प्राधिकरणको नाफा साढे ८ अर्ब भन्दाबढी  

३ महिनामा विद्युत प्राधिकरणको नाफा साढे ८ अर्ब भन्दाबढी  

images

नेपाल फेस

मंसिर १५, २०७९ बिहीबार
  • 2.4K
    SHARES

  • ३ महिनामा विद्युत प्राधिकरणको नाफा साढे ८ अर्ब भन्दाबढी  
    काठमाडौँ। चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो तीन महिनामा नेपाल विद्युत प्राधिकरणले साढे आठ अर्ब रुपैयाँ भन्दाबढी नाफा आर्जन गरेको छ । चालु आ.व.का साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्व ९८ करोड रुपैयाँ आम्दानी गरेको हो । 
     
    आ.व.को पहिलो तीन महिनामा २४ अर्ब ४८ करोड खर्च गरी प्राधिकरणले ८ अर्ब ५० करोड रुपैयाँ (करअघि) नाफा कमाएको  स्रोतले जनायो। 
     
    सूचनाको हक सम्बन्धी कानुनमा भएको व्यवस्था बमोजिम सार्वजनिक गरिएको चालु आवको तीन महिनामा सम्पादित प्रमुख क्रियाकलापहरु समेटिएको विवरण अनुसार, प्राधिकरणले यस अवधिमा निजी क्षेत्रबाट १४ अर्ब १५ करोड रुपैयाँको विद्युत खरिद गरेको जनाएको छ । 
     
    आफ्नो स्वामित्वमा रहेका विद्युतगृहरुबाट उत्पादित र निजी क्षेत्रबाट खरिद गरिएको विद्युत देशभित्र बिक्री गरी खुद २२ अर्ब २० करोड रुपैयाँ आम्दानी भएको छ । देशभित्र खपत गरी बढी भएको विद्युत भारतीय प्रतिश्पर्धी बजारमा बिक्री गरी आवको पहिलो तीन महिनामा ६ अर्ब १७ करोड रुपैयाँ आम्दानी भएको छ । 
     
    यस्तै आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ । आव २०७६/७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुगेको प्राधिकरणको नाफा आव २०७७/७८मा घटेर ६ अर्ब ९ करोडमा सीमित भएको थियो । 

    नेपाल फेस

    सम्बन्धित समाचार