Logo
  • शनिबार, मंसिर १७ २०७९Dec 03 2022

 इन्डोनेसियामा भूकम्प गएको दुई दिनपछि ६ वर्षीय बालकको जीवितै उद्दार

 इन्डोनेसियामा भूकम्प गएको दुई दिनपछि ६ वर्षीय बालकको जीवितै उद्दार

images

नेपाल फेस

मंसिर ८, २०७९ बिहीबार
  • 1.3K
    SHARES

  •  इन्डोनेसियामा भूकम्प गएको दुई दिनपछि ६ वर्षीय बालकको जीवितै उद्दार

    एजेन्सी। इन्डोनेसियाका उद्धारकर्ताहरूले सियानजुरमा आफ्नो भत्किएको घरको भग्नावशेषबाट एक छ वर्षीय बालकको जीवितै उद्धार गरेका छन् । उनी म्याट्रिसमा रहेकाले जीवितै उद्दार सम्भव भएको उद्दारकर्ताले बताएका छन् । अजका मौलाना मलिक नाम गरेको ती बालक दुई दिनदेखि फँसेका थिए । उनी मृत हजुरआमाको शवको छेउमा जीवित फेला परेका थिए ।

    images

    ५ दशमलब ६ म्याग्निच्युडको भूकम्पमा अहिलेसम्म मृत्यु हुनेको संख्या २७१ पुगेको छ । भूकम्पमा सयौँ घाइते भएका छन् । भूकम्पछि अझै पनि कम्तीमा ४० जना हराइरहेका छन् । इन्डोनेसियामा बारम्बार भूकम्प जाने गरेको इतिहास छ । 

    नेपाल फेस

    सम्बन्धित समाचार