Logo
  • शनिबार, मंसिर १७ २०७९Dec 03 2022

एसइइ परीक्षाको आवेदन खुल्यो, पुस १० गतेसम्म भर्न पाइने

एसइइ परीक्षाको आवेदन खुल्यो, पुस १० गतेसम्म भर्न पाइने

images

नेपाल फेस

मंसिर ८, २०७९ बिहीबार
  • 921
    SHARES

  • एसइइ परीक्षाको आवेदन खुल्यो, पुस १० गतेसम्म भर्न पाइने

    काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले आज (बिहीबार) देखि माध्यमिक शिक्षा परीक्षा कक्षा-१० (एसइइ) को आवेदन खुलाएको छ । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै परीक्षाको आवेदन खुलाएको हो । 

    images

    मंसिर ८ गतेदेखि पुस १० गतेसम्म आवदेन भर्न पाइने कार्यालयले जानकारी दिएको छ । माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आवदेन दिन सक्ने कार्यालयले जानकारी दिएको छ । विद्यालयहरूले पुस १७ गतेभित्र विद्यार्थीले भरेका आवेदन शिक्षा विकास तथा समन्वय इकाइमा बुझाइसक्नुपर्ने छ । माघ मसान्तसम्म शिक्षा विकास तथा समन्वय इकाईहरूले परीक्षा केन्द्र निर्धारण गरिसक्नुपर्ने उल्लेख छ । 

    राष्ट्रिय परीक्षा बोर्डका अनुसार गत वर्ष ४ लाख ९५ हजार ७ सय ५१ जना यो परीक्षामा सहभागी भएका थिए । 

    सम्बन्धित समाचार