Logo
  • शनिबार, मंसिर १७ २०७९Dec 03 2022

चीनमा कोभिड बढेको बढ्यै, सरकार फेरि फर्कियो लकडाउन र सामूहिक परीक्षणमा

चीनमा कोभिड बढेको बढ्यै, सरकार फेरि फर्कियो लकडाउन र सामूहिक परीक्षणमा

images

नेपाल फेस

मंसिर ८, २०७९ बिहीबार
  • 1.5K
    SHARES

  • चीनमा कोभिड बढेको बढ्यै, सरकार फेरि फर्कियो लकडाउन र सामूहिक परीक्षणमा

    बेइजिङ । चीनको दैनिक कोभिड संक्रमण पुनः बढेको छ । कोभिड नियन्त्रण गर्न सरकार फेरि लकडाउन, सामूहिक परीक्षण र यात्रा प्रतिबन्धमा फर्किएको छ । राष्ट्रिय स्वास्थ्य व्युरोका अनुसार बुधबार एकै दिनमा चीनमा ३१ हजार ४४५ जनामा संक्रमण देखिएको छ । तीमध्ये २७ हजार ५१७ जनामा लक्षण देखिएको छैन । चीनको १ दशमलब ४ बिलियन जनसंख्याको तुलनामा यो संख्या खासै ठूलो होइन । तर, पछिल्ला दिनमा संक्रमण बढेपछि मानिसहरूका दैनिक गतिविधि प्रभावित भएका छन् । 

    images

    तर बेइजिङको कडा शून्य–कोभिड नीतिअन्तर्गत सानो प्रकोपले पनि सम्पूर्ण शहरहरू बन्द गर्न सक्ने र संक्रमित बिरामीलाई क्वारेन्टाइनमा राखिन्छ जसका कारण सर्वसाधारण ठूलो सास्ती भोग्न बाध्य छन् ।

    अथक नीतिले महामारीको तेस्रो वर्ष नजिकिँदै जाँदा जनसंख्यामा असन्तुष्टि बढेको छ र  विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देशमा उत्पादकत्वमा असर पारेको छ । एजेन्सी
     

    सम्बन्धित समाचार