Logo
  • शनिबार, मंसिर १७ २०७९Dec 03 2022

हुम्लामा हेलिकप्टर नपुग्दा ४ दिनदेखि मतपेटिका अलपत्र 

हुम्लामा हेलिकप्टर नपुग्दा ४ दिनदेखि मतपेटिका अलपत्र 

images

नेपाल फेस

मंसिर ७, २०७९ बुधबार
  • 901
    SHARES

  • हुम्लामा हेलिकप्टर नपुग्दा ४ दिनदेखि मतपेटिका अलपत्र 

    काठमाडौं । मतदान सम्पन्न भएको चार दिन बितिसक्दा पनि हुम्लामा मतपेटिका संकलन नभई अलपत्र परेका छन् । 

    images

    प्रदेश १ का २२ मतदान केन्द्रका ८८ मतपेटिका सदरमुकाम सिमकोट पुर्‍याइए पनि प्रदेश २ का ३४ केन्द्रका १३६ मतपेटिका सर्केगाडको केन्द्रमा थन्क्याइएको छ ।

    हेलिकप्टर उक्त क्षेत्रमा आउँदा मतपेटिका सदरमुकाम पुर्‍याउन नसकिएको महादेव माध्यमिक विद्यालय दार्मा मतदान केन्द्रका मतदान अधिकृत भीमबहादुर रोकायाले बताए ।
          
    धेरै दिनसम्म मतपेटि थन्किएपछि मतदान अधिकृत, कर्मचारी, म्यादी प्रहरी, सुरक्षाकर्मीलाई समेत समस्या भएको रोकायाले बताए ।

     

    नेपाल फेस

    सम्बन्धित समाचार