Logo
  • सोमवार, आश्विन ५ २०७७Sep 21 2020

images

घूस लिने अधिकृत र इन्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा

घूस लिने अधिकृत र इन्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा

नेपाल फेस

२५, श्रावण २०७७
  • 9.6K
    SHARES

  • घूस लिने  अधिकृत र इन्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा

    काठमाडौं । घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्ज, बाँकेका साताैं तहका उद्योग अधिकृत हुकुमबहादुर ओलीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

    ठेक्का पट्टाको अनुमति–पत्र बनाइदिने भन्दै ९६ हजार ३ सय घूस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओलीलाई पक्राउ गरेको थियो । सेवाग्राहीले पेश गरेका कागजात पुरा नभएको भन्दै बाँकी रहेका कागजात पेश नगरे काम नहुने डर देखाइ घूस लिएको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो ।

    यसैबीच, अख्तियारले बाग्लुङको ढोरपाटन नगरपालिका कार्यालयका इन्जिनियर मिलन अधिकारीविरुद्ध पनि विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । उपभोक्ता समितिमार्फत सडक निर्माण सम्बन्धी योजनामा भुक्तानी दिएबापत विभिन्न बहाना बनाएर १ लाख घूस लिएको अधिकारीमाथि आरोप लागेको छ । 

    उनले गुजा–सिलगुम–ओखरधारा–खोलेसिबाङ सडक निर्माण योजनाको अन्तिम मुल्याङ्कन बनाउने प्रयोजनको लागि १ लाख घूस लिएको पुष्टि भएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले बताए ।

    आइतवार, श्रावण २५ २०७७०४:५३:४४

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]