Logo
  • शनिबार, मंसिर १७ २०७९Dec 03 2022

बीए प्रथम वर्ष २०७७ को नतिजा १५ महिनापछि सार्वजनिक

बीए प्रथम वर्ष २०७७ को नतिजा १५ महिनापछि सार्वजनिक

images

नेपाल फेस

कात्तिक ३०, २०७९ बुधबार
  • 3.0K
    SHARES

  • बीए प्रथम वर्ष २०७७ को नतिजा १५ महिनापछि सार्वजनिक

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले १५ महिनापछि मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत ४ वर्षे स्नातक तह प्रथम वर्ष २०७७ को नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले मानविकी तथा सामाजिकशास्त्र संकायको नतिजा प्रकाशित गरेको हो ।

    images

    लामो समयसम्म परीक्षाको नतिजा सार्वजनिक नगरेपछि विद्यार्थीहरुले त्रिविले विद्यार्थीको भविष्य अन्योल बनाएको भन्दै चाँडो नतिजा सार्वजनिक गर्न दबाव दिएका थिए ।

    नतिजा प्रकाशित गर्दा स्थगन र अनुपस्थित देखिएका परीक्षार्थीहरुले आफू अध्ययनरत क्याम्पस बाट आ-आफ्नो प्रवेशपत्र प्रमाणीकरण गराई ०७९ साल मंसिर १० गतेपछि कार्यालयको मानविकी गोप्य शाखामा सम्पर्क गर्न आग्रह गरेको छ ।

    नेपाल फेस

    सम्बन्धित समाचार