Logo
  • सोमवार, आश्विन ५ २०७७Sep 21 2020

images

आज ३७८ मा कोरोना संक्रमण, संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुग्यो

आज ३७८ मा कोरोना संक्रमण, संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुग्यो

नेपाल फेस

२४, श्रावण २०७७
  • 15.3K
    SHARES

  • आज ३७८ मा कोरोना संक्रमण, संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घन्टामा थप ३ सय ७८ जनामा कोरोना संक्रमण देखिएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४ घन्टामा गरिएको ७ हजार ७ सय ८८ जनाको पीसीआर परीक्षणमा ३ सय ७८ जनामा कोरोना देखिएको बताए ।

    २४ घन्टा ४ सय ९९ जना डिस्‍चार्ज भएका छन् । हालसम्म १६ हजार ३ सय १३ जना डिस्‍चार्ज भएका छन् ।

    यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ । हालसम्म मुलुकभर सक्रिय संक्रमितको संख्या ६ हजार २ सय ६ पुगेको हो ।

    हाल मुलकभरका क्वारेन्टाइनमा १० हजार ७ सय ९२ जना रहेको प्रवक्ता गौतमले बताएका छन् । 

    शनिबार थप तीन जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाको कारए ७३ जनाको मृत्यु भएको छ।

    शनिवार, श्रावण २४ २०७७०४:३०:४४

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]