Logo
  • सोमवार, आश्विन ५ २०७७Sep 21 2020

images

एसईईको परीक्षा शुल्क फिर्ता गर्न माग

एसईईको परीक्षा शुल्क फिर्ता गर्न माग

नेपाल फेस

२३, श्रावण २०७७
  • 11.1K
    SHARES

  • एसईईको परीक्षा शुल्क फिर्ता गर्न माग

    काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाबिना नै विद्यार्थीको नतिजा प्रकाशन गरिएपछि त्यसबापत लिइएको शुल्क फिर्ता गर्नुपर्ने माग गरिएको छ ।
    राष्ट्रिय परीक्षा बोर्डले परीक्षा शुल्कबापत प्रतिविद्यार्थी पाँच सय रुपियाँ उठाएको थियो । यसमध्ये कम्तीमा पनि आधा शुल्क सम्बन्धित विद्यार्थी अध्ययन गर्ने विद्यालयमा फिर्ता गर्नुपर्ने माग सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले गरेको छ ।
    विद्यार्थीको नतिजा प्रकाशन विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा गरिने निर्णयपछि अब शुल्क फिर्ता गर्नुपर्ने आफूहरूको माग रहेको महासङ्घका अध्यक्ष कृष्ण थापाले जानकारी दिनुभयो । विद्यार्थीसित सरकारले जम्मा छ सय रुपियाँ परीक्षा शुल्कबापत लिने गरेकोमा यसअघि नै एक सय रुपियाँ सम्बद्ध विद्यालयले राख्ने गरेको छ ।
    यसैबीच शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले सबै स्थानीय तहलाई बिहीबार परिपत्र गर्दै शिक्षाका विषयमा मन्त्रिपरिषद्ले यसअघि गरेका निर्णयहरू कार्यान्वयन गराउन अनुरोध गरेको छ । विभागका निर्देशक गेहनाथ गौतमले सरकारको निर्णय कार्यान्वयन गर्न स्थानीय तहलाई औपचारिक रूपमा जानकारी गराइएको बताउनुभयो ।
    सरकारले भदौ १ बाट विद्यार्थी भर्ना लगायतका शैक्षिक गतिविधि अगाडि बढाउनुका साथै शिक्षकसमेत विद्यालयमा पुग्नुपर्ने निर्णय गरेको थियो ।आजको गोरखापत्रबाट

    शुक्रवार, श्रावण २३ २०७७०६:१८:५९

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]