Logo
  • शनिबार, मंसिर १७ २०७९Dec 03 2022

मौसम पूर्वानुमान :दशैंमा पनि बर्षाको सम्भावना

मौसम पूर्वानुमान :दशैंमा पनि बर्षाको सम्भावना

images

नेपाल फेस

असोज १५, २०७९ शनिबार
  • 2.9K
    SHARES

  • मौसम पूर्वानुमान :दशैंमा पनि बर्षाको सम्भावना

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले यस वर्षको विजया दशमीमा वर्षाको प्रक्षेपण गरेको छ ।पूर्वानुमान महाशाखाले मनसुनको उत्तरार्धमा भारतको आन्ध्र प्रदेशको तट तथा पश्चिम–मध्य बंगालको खाडीको तल्लोतटीयमा बनेको सामुद्रिक आँधीका कारण नेपालमा नवमी अर्थात् १८ असोजबाट मनसुनी वर्षा हुने प्रक्षेपण गरेको हो ।

    images

    ‘न्यून चापीय रेखा उत्तर–पश्चिमतर्फ सरिरहेको छ, नेपालमा यसको अवसरका कारण नवमीबाट वर्षा हुने देखिएको छ,’ महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले भने, ‘विजया दशमीको दिन देशभर वर्षा हुने देखिएको छ ।’ महाशाखाले शुक्रबार ‘दशैंका लागि विशेष मनसुन बुलेटिन’ जारी गर्दै २१ असोज द्वादशीसम्म वर्षाको प्रक्षेपण गरेको छ ।
    विजया दशमीका दिन देशका धेरैजसो क्षेत्रमा वर्षाको आकलन गरिएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै क्षेत्रमा त भीषण वर्षा हुने आकलन महाशाखाले गरेको छ । त्यसअघि नवमीका दिन प्रदेश १, बागमती र गण्डकी प्रदेशसहित अन्य क्षेत्रमा वर्षा हुने अनुमान गरिएको छ ।महाशाखाका अनुसार २० असोज एकादशीमा अझ धेरै वर्षा हुने आकलन गरिएको छ ।
    यो दिन देशभर बदली हुने र सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही क्षेत्रमा भारी वर्षाको चेतावनी दिइएको छ । २१ असोजमा पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका धेरै ठाउँ र बाँकी प्रदेशका केही क्षेत्रमा वर्षा हुनेछ । यी प्रदेशका केही क्षेत्रमा भीषण वर्षाको सम्भावना छ ।
    हामीले द्वादशीसम्मको मौसम प्रक्षेपण गरेका छौँ, त्यतिन्जेल मनसुन सक्रिय नै रहने देखिन्छ । त्यसपछिको मौसम कस्तो हुन्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन ।

    सामान्यतयाः १६ असोज अर्थात् फूलपातीभित्र मनसुन बाहिरिसक्नुपर्ने हो । बंगालको खाडीमा सामुद्रिक आँधी बनेपछि मनसुन कम्तीमा एकदेखि डेढ साता पर धकेलिएको हो । ‘हामीले द्वादशीसम्मको मौसम प्रक्षेपण गरेका छौँ, त्यतिन्जेल मनसुन सक्रिय नै रहने देखिन्छ,’ प्रधानाङ्गले भने, ‘त्यसपछिको मौसम कस्तो हुन्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन ।’

     भारतमा शनिबार र आइतबार ओडिसा, छत्तिसगढमा भीषण वर्षाको आकलन गरिएको छ । यो गतिविधि त्यहाँबाट बिस्तारै उत्तर सर्दै आएको छ । गत वर्ष पनि दशैंताका नेपालमा ठूलो वर्षा हुनुका साथै बाढीले धानबाली नष्ट गरेको थियो । यद्यपि, त्यतिखेर मनसुन बाहिरिसकेको थियो ।

    सम्बन्धित समाचार