Logo
  • शुक्रबार, असोज १४ २०७९Sep 30 2022

राष्ट्रपति भण्डारीविरुद्धको रिटको बहस सर्‍यो

राष्ट्रपति भण्डारीविरुद्धको रिटको बहस सर्‍यो

images
images

नेपाल फेस

असोज ७, २०७९ शुक्रबार
  • 703
    SHARES

  • राष्ट्रपति भण्डारीविरुद्धको रिटको बहस सर्‍यो

    काठमाडौँ। संघीय संसदको दुवै सदनबाट पारित गरेर पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले  प्रमाणीकरण गर्न अस्वीकार गरेपछि राष्ट्रपति भण्डारीविरुद्ध परेका रिटको बहस सरेको छ।

    images

    राष्ट्रपतिको कदम विरुद्ध कानून व्यवसायीले सर्वोच्च अदालतमा असोज ६ गते रिट दायर गरेका थिए। राष्ट्रपतिविरुद्ध दर्ता भएका पाँच फरक रिट निवेदनहरु न्यायाधीश डा. मनोज शर्माको इजलासमा पेशी तोकिएको थियो।

    तर, ३० वटाभन्दा पछि पालो परेकाले समय अभावका कारण आज सुनुवाइ हुन सकेन। अब राष्ट्रपतिविरुद्धका रिटमा आइतबार सुनुवाइ हुने अधिवक्ता सुनीलकुमार यादवले जानकारी दिए। 

    राष्ट्रपति विरुद्ध अधिवक्ताहरू सुनील रञ्‍जन सिंह, सुनीलकुमार यादव, देव शर्मा र शोनु रौनियार लगायतले राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

     

     

    नेपाल फेस

    सम्बन्धित समाचार