Logo
  • शुक्रबार, असोज १४ २०७९Sep 30 2022

नेपाल टेलिकमले ल्यायो संविधान दिवस अफर ,असोज २ गतेदेखि ४ गतेसम्म अफर उपलब्ध हुने

नेपाल टेलिकमले ल्यायो संविधान दिवस अफर ,असोज २ गतेदेखि ४ गतेसम्म अफर उपलब्ध हुने

images
images

नेपाल फेस

असोज २, २०७९ आइतबार
  • 1.9K
    SHARES

  • नेपाल टेलिकमले ल्यायो संविधान दिवस अफर ,असोज २ गतेदेखि  ४  गतेसम्म अफर उपलब्ध हुने

    काठमाडौं । नेपाल टेलिकमले यही असोज ३ गते मनाइने संविधान दिवस­ २०७९ को अवसरमा  संविधान दिवस अफर उपलब्ध गराइरहेको छ । कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याक उपलब्ध गराएको हो । यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म उपलब्ध हुनेछ ।

    images

    अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु. ९८ मा खरिद गर्न सकिने छ । त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रु. ४९ मा उपलब्ध हुनेछ ।यसका साथै यस अफर अन्तर्गत नै १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक जम्मा रु। २९४ मा खरिद गर्न सकिने छ ।


    यसका साथै यस अफर अन्तर्गत नै १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक जम्मा रु. २९४ मा खरिद गर्न सकिने छ । असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिने  नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताएका छन् । 

     

     

     

     

    सम्बन्धित समाचार