Logo
  • शुक्रबार, असोज १४ २०७९Sep 30 2022

तस्करी रोक्न सशस्त्र प्रहरीका एसपीको सक्रियताः ट्रकसहित ५९ लाख बढीको अवैध सामग्री बरामद

तस्करी रोक्न सशस्त्र प्रहरीका एसपीको सक्रियताः ट्रकसहित ५९ लाख बढीको अवैध सामग्री बरामद

images
images

नेपाल फेस

साउन २५, २०७९ बुधबार
  • 1.4K
    SHARES

  • तस्करी रोक्न सशस्त्र प्रहरीका एसपीको सक्रियताः ट्रकसहित ५९ लाख बढीको अवैध सामग्री बरामद

    नेपालगन्ज । सीमा सुरक्षा र तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीले विशेष सक्रियता देखाएको छ । सशस्त्र प्रहरी बल ३० नम्बर गण बाँकेको छोलीले मंगलबार ट्रकसहित लगभग साढे ५९ लाखको अवैध सामग्री बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गर्न सफल भएको छ ।

    images

    सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एसपी जनकराज बस्नेत नै तस्करी नियन्त्रणमा खटिएका छन् । एसपी बस्नेतको कमान्डमा गएको टोलीले मंगलबार बिहान २ बजे बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर १ हात्तीसार चिसापानीमा भे १ ख ३५८८ नम्बरको  ट्रकलाई चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा अवैध चामल, चिनी, सुपरपावर सुर्ती, लेडिज सुट बरामद गरेको छ ।

    सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका एसपी बस्नेतको कमान्डको टोलीले ट्रकसहित बिल नभएका १ सय बोरा चिनी, ३ सय बोरा चामल, २९ बोरा सुपरपावर सुर्ती, १ सय पिस लेडिज सुट बरामद गरेको हो । सशस्त्रको टोलीले दैलेख गुराँसे गाउँपालिका ४ का २७ बर्षीय ट्रक चालक गौरव गिरी र दैलेख दुल्लु १२ का २१ बर्षीय ट्रक चालक अर्जुन रावतलाई समेत पक्राउ गरेको जनाएको छ ।

    बरामद गरिएका ५९ लाख ४० हजार बराबरका सबै अवैध सामग्री, नियन्त्रणमा लिइएको ट्रकसहित दुई जनालाई आबश्यक कारबाहीका लागि मंगलबारै नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी गण बागेश्वरी गणको विज्ञप्तिमा उल्लेख छ ।

    एसपी बस्नेत तस्करी नियन्त्रणका लागि आफैं गस्ती गर्दैआएका छन् । एसपी नै गस्तीमा निस्किएपछि मातहतका बीओपीहरुबाट पनि भन्सारछली कम हुन थालेको छ । र, भन्सार राजस्व समेत बृद्धि हुँदै गएको छ । एसपी बस्नेले सीमा नाकामा हुने तस्करीविरुद्ध दैनिक गस्ती समेत गर्दै आएका छन् ।

    बस्नेत आफैं फिल्डमा खट्ने गरेपछि मातहतका बीओपी इन्चार्जहरु पनि तस्करी नियन्त्रणमा सजग हुने गरेका छन् । बस्नेतले बाँके कमान्ड सम्हालेको ६ महिनामै साढे २ करोड बढीको राजस्व समेत संकलन गर्दै संगठनमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी उच्च अधिकृतमा नाम लेखाउन समेत सफल बनेका छन् ।

    सम्बन्धित समाचार