Logo
  • आइतवार, श्रावण २५ २०७७Aug 09 2020

images

कोरोना संक्रमण बढेपछि बारामा अनिश्चितकालीन निषेधाज्ञा जारी

कोरोना संक्रमण बढेपछि बारामा अनिश्चितकालीन निषेधाज्ञा जारी

नेपाल फेस

१७, श्रावण २०७७
  • 2.1K
    SHARES

  • कोरोना संक्रमण बढेपछि बारामा अनिश्चितकालीन निषेधाज्ञा जारी

    कलैया । नेपालमा शनिबारसम्म २० हजार ८६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । लकडाउन खुलेपछि कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ । भारतबाट लुकिछिपी नेपालका विभिन्न जिल्ला हुँदै काठमाडौं प्रवेश गर्ने क्रम बढेसँगै कोरोना संक्रमण बढेको छ ।

    भारतबाट फर्कनेकै कारण सीमावर्ती जिल्लाहरुमा पनि कोरोना संक्रमण तीव्र गतिले फैलिरहेको छ । पर्सा र बारामा बढी संक्रमण फैलिएको छ । कोरोना संक्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालय बाराले आइतवार बिहान ५ बजेदेखि जिल्लामा पूर्णरुपमा अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने भएको छ ।

    शुक्रवार राति विज्ञप्ति निकाल्दै आइतबारदेखि चारपाग्रे र मोटरसाइकल पूर्णरुपमा सञ्चालनमा बन्देज लगाउँदै कडा रुपमा निषेधाज्ञा पालाना गराउन सरोकारवालाहरुलाई निर्देशन दिएको हो ।

    संकट व्यवस्थापन केन्द्र बाराको शुक्रवार बसेको बैठकले पर्सामा तीव्र गतिमा फैलिरहेको कोरोना संक्रमणलाई मध्यनजर गर्दै बारा जिल्लाका बासिन्दाको जीवन रक्षाको लागि आवश्यक सेवा बाहेकका काम तथा जथाभावी भीडभाड, धार्मिक, सांस्कृतिकमा रोक लगाइएको हो ।

    प्रशासनले आवश्यक सेवामा विद्युत, खद्यान्न, खानेपानी, दूध, ग्यास, औषधी, एम्बुलेन्स र स्वास्थ्य क्षेत्रका मासिनहरुलाई मात्र राजमार्गमा आवतजावत गर्न दिएको छ ।

    बाराका बढी भिडभाड हुने बजारमा कलैया, सिम्रौनगढ, कोल्हबी, निजगढ, पथलैया, सिमरा, जितपुर, परवानीपुर, प्रसौनी लगायतका ठाउँमा पसल खोल्न निषेध गरेको छ।

    वीरगंज पथलैया औद्योगिक कोरिडोरका उद्योगमा अत्यावश्यक उद्योगमा मजदुरलाई उद्योग परिसरभित्रमात्र राखेर उद्योग चलाउन र बाँकी उद्योग बन्द गर्न पनि निर्देशन छ ।


    स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले परिस्थिति भड्कियो भने जुनसुकै बेला पनि कडा लकडाउन गर्न सकिने जानकारी गाइसकेका छन् ।

    काठमाडौं उपत्यकामा आज ६ जना कोरोना संक्रमित थपिएका छन् भने हिजो ३८ जनामा कोरोना पुष्टि भएको थियो ।

    शनिवार, श्रावण १७ २०७७०६:१०:२९

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]