Logo
  • शुक्रबार, असोज १४ २०७९Sep 30 2022

धौलागिरी लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

धौलागिरी लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

images
images

नेपाल फेस

साउन २४, २०७९ मंगलबार
  • 2.2K
    SHARES

  • धौलागिरी लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

    काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ । लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१०५ प्रतिशतले हुन आउने ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

    images

    लघुवित्तले ०.५ प्रतिशत आर्थत ५ हजार १५५ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ९ हजार २९५ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

    उक्त आईपीओमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा मागबमोजिम आवेदन नपरे आउँदो भदौ ७ गतेसम्म आवेदनका लागि समय थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० देखि एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

    आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । इच्छुक आवेदकले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।

    नेपाल फेस

    सम्बन्धित समाचार