Logo
  • शनिवार, श्रावण २४ २०७७Aug 08 2020

images

भ्रष्टाचार बिरोधी उपसचिव प्रेम संजेल कुटिए

भ्रष्टाचार बिरोधी उपसचिव प्रेम संजेल कुटिए

नेपाल फेस

१७, श्रावण २०७७
  • 2.0K
    SHARES

  • भ्रष्टाचार बिरोधी उपसचिव प्रेम संजेल कुटिए

    विराटनगर । ‘सेलिब्रेटी’ उपसचिव प्रेमप्रसाद संजेल कार्यकक्षमै महिला कर्मचारीबाट कुटिएका छन् । श्रम तथा रोजगार कार्यालय विराटनगरमा कार्यरत उनलार्ई कार्यकक्षमै कुटपिट भएको छ । शनिबार बिहान कार्यकक्षमै उनलाई एक समूहले कुटपिट गरेको छ । प्रहरीले संजेलमाथि कुटपिटमा संलग्न दुई कर्मचारीलाई नियन्त्रणमा लिइसकेको छ । कुटपिटको आरोपमा प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको छ ।

    संजेल भ्रष्टाचारबिरुद्धको अभियानमा लाग्दैआएका छन् । उनी सहकारी विभागमा कार्यरत रहँदा होस्ु कि शान्ति मन्त्रालयमा हुँदा भ्रष्टाचारबिरुद्ध अडिग रहँदैआएका छन् । श्रम कार्यालय बिराटनगरमा पनि उनी जनताको एक रुपैयाँ नलिई काम गर्नुपर्छ भन्दैआएका कारण कर्मचारीकै तारो बन्दैआएका थिए । एकपटक उनलाई श्रम मन्त्रालयले २ बर्ष अवधि नपुगी सरुवा गर्दा सरकारप्रति नै नागरिकले प्रश्न उठाएका थिए ।

    संजेलले कार्यालयमै पम्पलेट लेख्ने गरेका छन्–‘हामी घुस खाँदैनौं, तपाई घुस दिन आउनुभएको भए उल्टो कारबाहीमा पर्नुहोला । साबधान ।

     

    शनिवार, श्रावण १७ २०७७०४:५०:२५

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]