Logo
  • आइतवार, श्रावण २५ २०७७Aug 09 2020

images

काठमाडौंमा भेटिए ६ जना कोरोना संक्रमित

काठमाडौंमा भेटिए ६ जना कोरोना संक्रमित

नेपाल फेस

१७, श्रावण २०७७
  • 2.1K
    SHARES

  • काठमाडौंमा भेटिए ६ जना कोरोना संक्रमित

    काठमाडौं । शनिबार काठमाडौंमा ६ जना कोरोना संक्रमित भेटिएका छन् । पछिल्ला तीन दिनमा ह्वात्तै संक्रमित भेटिए पनि शनिबार तुलनात्मक रुपमा कम संक्रमित भेटिएको हो । 

    आज काठमाडौंका पाँच जनामा र भक्तपुरका एकजना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले  बताए । 

    यसरी भेटिएकामध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंका दुईजना, नेपाल प्रहरी अस्पतालमा काठमाडौंका एक जना र नेपाल कोरिया मैत्री अस्पतालमा काठमाडौंका एकजना र भक्तपुरका एकजना रहेका छन् ।

    नेपालमा शनिबार ३ सय १५ जना काेराेना संक्रमित भेटिएका छन् । योसँगै  नेपालमा संक्रमितको संख्या २० हजार ८६ जना पुगेको छ। 

    नेपालमा पछिल्लाे २४ घण्टामा ९३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १४ हजार ४ सय ९२ पुगेकाे छ । सक्रिए संक्रमितको संख्या ५ हजार ३ सय ३८ रहेको छ । 

    यस्तै आजसम्म कुल ११ हजार ५ सय ३३ जना क्‍वारेन्टिनमा रहेका छन् । आजसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ।

     

    शनिवार, श्रावण १७ २०७७०४:३१:१५

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]