Logo
  • आइतवार, श्रावण २५ २०७७Aug 09 2020

images

२० हजार नाघ्यो कोरोना संक्रमितको संख्या, आज भेटिए ३१५ जना

२० हजार नाघ्यो कोरोना संक्रमितको संख्या, आज भेटिए ३१५ जना

नेपाल फेस

१७, श्रावण २०७७
  • 1.5K
    SHARES

  • २० हजार नाघ्यो कोरोना संक्रमितको संख्या, आज भेटिए ३१५ जना

    काठमाडौं । शनिबार देशभर ३ सय १५ जना काेराेना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा गरिएकाे ६ हजार ९ सय ९३ पीसीआर परीक्षणबाट यी संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    आज थपिएकासहित नेपालमा संक्रमितको संख्या २० हजार ८६ जना पुगेको छ। काठमाडौं उपत्यकाका ६ जना संक्रमित भेटिएको छ ।

    नेपालमा पछिल्लाे २४ घण्टामा ९३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १४ हजार ४ सय ९२ पुगेकाे छ । सक्रिए संक्रमितको संख्या ५ हजार ३ सय ३८ रहेको छ । 

    यस्तै आजसम्म कुल ११ हजार ५ सय ३३ जना क्‍वारेन्टिनमा रहेका छन् । आजसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ।


    शनिवार, श्रावण १७ २०७७०४:१८:२१

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]