Logo
  • शनिवार, श्रावण २४ २०७७Aug 08 2020

images

प्रदेश ट्राफिकका एसपी कमाउधन्दामा, घुस असुलीमा परिचालन गरेका प्रहरी निलम्बन

प्रदेश ट्राफिकका एसपी कमाउधन्दामा, घुस असुलीमा परिचालन गरेका प्रहरी निलम्बन

नेपाल फेस

१६, श्रावण २०७७
  • 2.4K
    SHARES

  • प्रदेश ट्राफिकका एसपी कमाउधन्दामा, घुस असुलीमा परिचालन गरेका प्रहरी निलम्बन

    चितवन । बागमती प्रदेश प्रहरी कार्यालय रामनगरका एसपी प्रकाश रानाभाट कमाउधन्दामा लिप्त भएका छन् । प्रदेश मातहतका प्रहरी घुस लिंदालिंंदै पक्राउ परेपछि एसपीको कमाउधन्दा छताछुल्ल भएको हो । बागमती प्रदेश प्रहरी कार्यालयले सेवाग्राहीसँग घुस मागेको अभियोगमा प्रदेश ट्राफिक प्रहरी कार्यालयका जवान योगेन्द्रकुमार मल्ललाई पक्राउ गरेपछि एसपी रानाभाटको कमाउधन्दाको पोल खुलेको छ । मल्ल प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीको स्टिङ अपरेशनमा पक्राउ परेका हुन् । यात्रुको भेषमा प्रदेशबाट खटिएको विशेष टोलीले सोमबार सवारी चालकसँग घुस लिँदै गरेको अवस्थामा मल्लसहितका चार प्रहरीलाई पक्रेको थियो । निलम्बन गरिएका प्रहरीबारे छानविन गर्न डीएसपी विज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको डीआईजी लामाले जानकारी दिएका छन् । एसपी रानाभाटकै मातहतका प्रहरी घुुस लिंदालिंदै पक्राउ परेपछि उनीमाथि प्रश्न तेर्सिएको छ ।

    एसपी रानाभाटले बागमती प्रदेश मातहतका असई, सई र इन्स्पेक्टर बस्ने पोष्टका इन्चार्जहरुलाई घुसको मासिक दररेट तोकिदिएका छन् । स्रोतका अनुसार इन्स्पेक्टर कार्यालय प्रमुख हुने पोष्टका लागि मासिक ५० हजारका दरले घुसको दररेट कायम गरेका छन् भने असई र सई बस्ने पोष्टको इन्चार्जका लागि २५ हजारको रेट तोकिएको छ । एसपी रानाभाटले घुस संकलनको लागि सई कृष्ण खड्कालाई उनले परिचालन गरेका छन् । हालसालै उनलाई सिन्धुलीको ट्राफिक प्रमुखमा पठाएका छन् । सिन्धुलीमा सरुवा भए पनि उनले नै एसपीको तर्फबाट घुस संकलनको काम समेत गर्देआएका छन् ।
    यसैबीच, पुराना मोटरसाइकल, साइलेन्सर पाइप लगायतका कबाडी सामान मुचुल्का नै नउठाई सुटुक्क बिक्री गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टलाई जोगाउनका लागि पनि एसपी रानाभाट लागेका छन् ।

    भट्टले २०७६ चैतमा ट्राफिक कार्यालय स्थापनादेखिका कवाडी सामान १ ट्रक बिक्री गरेकोबारेमा बागमती प्रदेश प्रहरीले छानबिन गर्न प्रदेश ट्राफिकलाई भनेपछि रानाभाटले इन्स्पेक्टरलाई गत आइतबार पठाएका थिए । त्यतिबेलासम्म इन्स्पेक्टर भट्टले राति राति पुनः कवाडी जम्मा गरिसकेका थिए । एसपी रानाभाटको भरतपुर हाकिमचोकमा रहेको घर मर्मत र रङरोगन भट्टले असई कृष्ण ठकुरीमार्फत् गरिदिएकाले पनि उनले कवाडी सामान कार्यालयमै रहेको मुचुल्का बनाई बागमती प्रदेश प्रहरीमा पठाएका छन् । र, यो केसमा बागमती प्रदेश प्रहरी कार्यालयको आँखामा छारो हाल्न कवाडी नबेचेको भन्दै रिपोर्टिङ गरिसकेका छन् ।

    इन्स्पेक्टर भट्टलाई जोगाउन खोजिएकोमात्र होइन, सुटुक्क कवाडी बिक्री गर्ने चितवन ट्राफिकका भट्टलाई एसपी रानाभाटले पृुरस्कृत गरेका छन् । कोरोना कहरका बीचमा उत्कृष्ट कार्य गरेको भनी भट्टलाई बुधबार प्रदेश ट्राफिक प्रहरी कार्यालयले पुरस्कृत गरेको छ । जबकि कार्यालय स्थापनादेखिका मोटरसाइकल र साइलेन्सर पाइप उनले बिक्री गरेको आरोपमा उनीमाथि बागमती प्रहरीले छानबिन गरिरहेको छ । चैत पहिलो साता एक ट्रक कवाडी बिक्री गरेका भट्टले समाचार आएपछि हतार हतार वडा प्रहरी कार्यालय नारायणगढका इन्स्पेक्टर रविनबाबु रेग्मीको सहयोगमा रातारात पुराना मोटरसाइकलका पार्टपूर्जादेखि संकलन गरेर ट्राफिक कार्यालय परिसरमा राखे । त्यसपछि मात्र प्रदेश ट्राफिक प्रहरीका प्रमुख रानाभाटले आइतबार प्रनिलाई पठाएर कवाडी नबेचिएको भन्दै डीआइजी बसन्त लामालाई रिपोर्टिङ गरेका छन् ।

    रानाभाट असईबाट आएका हुन् । उनी कर्मचारी प्रशासनमा हुँदा सिपाही हवल्दारको सरुवामा समेत घुस लिने गरेको आरोप उनीमाथि लाग्ने गरेको थियो । एसपी रानाभाटले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा हुँदा तत्कालीन महानिर्देशक जीवन सिटौलासँग मिलेर उजुरी परेकाहरुसँग मोलमोलाई गरी अकूत सम्पत्ति आर्जन गरेको आरोप छ । एसपी रानाभाटले क्यासिनो रोयल प्रकरणमा नक्कली भारतीय नोटका कारोबारी सुनिलजंग रायमाझी, विवादित महिला अन्जली श्रेष्ठ, जयन्ती थापा, बाबा भनिने ज्ञानेन्द्र श्रेष्ठसँग मिलेर पचास लाख भन्दा बढी घुस असुली गरी सम्पत्ति शुद्धिकरण विभागमा परेको उजुरी नै ढिसमिस पारेको आरोप लागेको थियो । तत्कालीन आइजीपी सर्वेन्द्र खनालले उनलाई आफ्ना बिरोधी पत्रकारको सम्पत्ति विवरण संकलन गरी दुःख दिनसमेत प्रयोग गरेका थिए ।

    शुक्रवार, श्रावण १६ २०७७०२:२३:२१

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]