Logo
  • आइतवार, श्रावण २५ २०७७Aug 09 2020

images

ओलीलाई प्रचण्डको प्रस्ताव, 'निकास निस्कने गरी छलफल गरौं'

ओलीलाई प्रचण्डको प्रस्ताव, 'निकास निस्कने गरी छलफल गरौं'

नेपाल फेस

१६, श्रावण २०७७
  • 1.4K
    SHARES

  • ओलीलाई प्रचण्डको प्रस्ताव, 'निकास निस्कने गरी छलफल गरौं'

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी विवाद समाधानका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अघि सरेका छन् । पछिल्ला दिनहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्वादहिनताको अवस्था बढेको भन्दै प्रचण्डले समस्या समाधानमा तदारुकता देखाएका हुन् ।

    बिहीबार प्रचण्डले ओलीका विश्वास पात्र नेकपा महासचिव विष्णु पौडेलसँग भेटे । खुमलटारमा भएको सो भेटघाटमा प्रचण्डले विवाद समाधान गर्नका लागि आफू र ओलीबीच सम्वाद हुनुपर्ने बताएका थिए । खुमलटार स्रोतले जनाएअनुसार प्रचण्डले पौडेलमार्फत ओलालाई निकास नै निकाल्ने गरी छलफल गर्ने प्रस्ताव राखेका छन् ।

    गत साउन १३ को स्थायी समिति बैठक ओलीले एकपक्षीय ढंगले स्थगित गरेका थिए । पछिल्लो समय स्थायी समिति प्रति ओलीको नकारात्मक धारणाको कारण नेकपामा भाँडभैलो मच्चिएको छ । 

    ओलीले स्थगित गरेपनि बहुमत सदस्यसहितको स्थायी समिति बैठकले विवाद समाधान गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो । 

    सोहीकारण नै प्रचण्डले पौडेललाई बोलाएर यस्तो प्रस्ताव राखेको बुझिएको छ। गत मंगलबारदेखि नेकपाका दुई अध्यक्षबीच टेलिफोन सम्पर्क समेत हुन सकेको छैन । 

     

    शुक्रवार, श्रावण १६ २०७७१२:४९:३९

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]