Logo
  • आइतवार, श्रावण २५ २०७७Aug 09 2020

images

गगन थापाले भने, 'सरकार, अब अति भो !'

गगन थापाले भने, 'सरकार, अब अति भो !'

नेपाल फेस

१६, श्रावण २०७७
  • 1.4K
    SHARES

  • गगन थापाले भने, 'सरकार, अब अति भो !'

    काठमाडौं । नेपालमा यतिबेला कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा फैलिइरहेको छ। लकडाउन हटाएसँगै संंक्रमितहरु जिल्ला-जिल्ला सहजै हिँड्न थालेसँग संक्रमणको जोखिम ह्वात्तै बढेको छ । 

    तर सरकारले यस्तोमा प्रभावकारी काम गर्न नसकेको युवा नेता गगन थापाले आरोप लगाएका छन् । शुक्रबार ट्‍वीटमार्फत् आक्रोश पोखेका गगनले कोरोना संक्रमण यतिबेला भुसको आगो झैं फैलिएको बताएका छन् ।

    बुधबार बाहिर जिल्लाबाट काठमाडौं प्रवेश गर्नेहरुको नमूना स्वाब लिइ परीक्षण गर्दा २४ जनामा संक्रमण देखिएको थियो । यो सँगै काठमाडौं लगायतको क्षेत्रमा कोरोनाको जोखिम उच्च भएको जनस्वास्थ्यकर्मीहरुले बताइरहेका छन् ।

    यस्तोमा सरकारले कोरोना परीक्षण नबढाएको र अस्पताल केन्द्रित तयारी समेत नगरेको भन्दै भने, 'प्रधानमन्त्री ज्यू पार्टीको खिचातानीमा व्यस्त ! स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त !'

    विगतमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका गगनले यो प्रवृत्ति विरुद्ध आवाज उठाउन आव्हान गर्दै भने, 'बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँ- सरकार, अब अति भो!'

     

       

    शुक्रवार, श्रावण १६ २०७७११:४१:१४

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]