Logo
  • बिहीबार , असार २३ २०७९Jul 07 2022

मन्त्रीबाट हट्नुपरेपछि यसरी पोखियो रामकुमारीको आक्रोशः अध्यक्ष माधव नेपाल हाम्रा लागि मरेतुल्य

मन्त्रीबाट हट्नुपरेपछि यसरी पोखियो रामकुमारीको आक्रोशः अध्यक्ष माधव नेपाल हाम्रा लागि मरेतुल्य

नेपाल फेस

असार ९, २०७९ बिहीबार
  • 1.9K
    SHARES

  • मन्त्रीबाट हट्नुपरेपछि यसरी पोखियो रामकुमारीको आक्रोशः अध्यक्ष माधव नेपाल हाम्रा लागि मरेतुल्य

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र फेरिने सूचीमा परेका मन्त्रीहरुबीच चर्काचर्की भएको छ । मन्त्रीमण्डल हेरफेर गर्ने स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गराउन  सहयोगी भूमिका खेल्न अध्यक्ष नेपालले गरेको निर्देशनप्रति दुई जना मन्त्रीले असहमति जनाएका  छन ।

    प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीमण्डल हेरफेर गर्न दबाब दिएर शुक्रवार साँझ कोटेश्वरस्थित निवास फर्किएका नेपालले पार्टीका मन्त्रीहरुलाई सहज तरिकाले फिर्ता हुन गरेको निर्देशनप्रति मुख्यतः पर्यटनमन्त्री प्रेम आले र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले असहमति प्रकट गरेका हुन् । 

    मन्त्रीबाट हट्नुपरेकोमा सबैभन्दा बढी छटपटी झाँक्रीलाई भएको छ । उनले अध्यक्ष नेपाललाई मुखै छाड्न पछि नपरेको स्रोतले बताएको छ । मन्त्री झाँक्रीले  नेपालतिर संकेत गर्दै अध्यक्ष हाम्रा लागि मरेजस्तै भएको आक्रोश पोखेकी थिइन्, कोटेश्वरमा उनको प्रस्तुति देखेका एक नेताले भने । नेपाल निवास कोटेश्वरमा बिहिवार बिहान  मन्त्रीहरुलाई सहज रुपमा छाडिदिन आग्रह गर्नका लागि नेपालले बोलाएका थिए ।

    नेकपा समाजवादीले ६ महिनामा मन्त्री परिवर्तन गर्ने २०७८ असोज २२ मा सरकारमा पठाएको थियो । तर ८ महिनामा मन्त्री परिवर्तन गर्न खोज्दा पनि पार्टी अध्यक्ष माधव नेपाललाई असहज भएको छ । मन्त्रीहरुको पार्टी नै फेर्ने धम्कीको सामना गर्नुपरेको छ ।     

    सम्बन्धित समाचार