Logo
  • बिहीबार , असार २३ २०७९Jul 07 2022

अर्थमन्त्रीका वरिपरि थरीथरीका बिचौलिया

अर्थमन्त्रीका वरिपरि थरीथरीका बिचौलिया

नेपाल फेस

असार ९, २०७९ बिहीबार
  • 1.5K
    SHARES

  • अर्थमन्त्रीका वरिपरि थरीथरीका बिचौलिया

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माका वरिपरिका दलाल र बिचौलियाहहरुले मध्यरातमा करका दरहरु हेरफेर गर्नका लागि बिचौलियाहरु मन्त्रालयमै पठाएको बिषय विवादमै छ । अर्थमन्त्रालय नै बिचौलिया दीपक भट्टले संचालन गर्दैआएको उनको घर सानेपामा हरेक रात हुने ब्यापारी र अर्थमन्त्रीदेखि मन्त्रीहरुको लर्कोबाट नै प्रष्ट हुँदैआएको छ ।

    अर्थमन्त्री जनार्दन शर्माका ठूला सेटिङ दीपक भट्टले गर्ने गरेका छन् भने मदिरा लगायतका कारोबारको सेटिङ झापाका कमल सिटौलाले गर्ने गरेका छन् । नेपाल लिक्वेर्स कम्पनीको कर्मचारीका रुपमा चिनाउन चाहने झापाका कमल सिटौलाले मन्त्री शर्माको दाहिने हात भएको बताउँदै उनीमार्फत् काम गराउने भनेर विभिन्न ब्यक्तिहरुसँग डिल गर्ने गरेको आरोप छ ।

    मन्त्री शर्माका ज्वाईलाई हिमालयन पुनर्बिमा कम्पनीको सिंत्तैमा सेयरधनी बनाउने काम आफूले नै गरेको भन्न पनि सिटौला पछि पर्दैनन् । विवादित ब्यापारी सुलभ अग्रवालसहितले खोलेको हिमालयन पुनर्विमा कम्पनीमा अनिवार्य रुपमा विमा कम्पनीहरुले १० प्रतिशतको पुनर्विमा गराउनैपर्ने ब्यवस्था वीमा समितिबाट गर्दा ठूलो चलखेल भएको समाचार आइरहेको छ । त्यसमा मन्त्री शर्माका ज्वाईलाई सिंत्तैमा हिमालयन पुनर्बिमाको सेयरधनी बनाएको कुरा सिटौलाले भन्दै हिंडेका छन् ।

    सिटौलाको घर झापा हो, उनी अर्थमन्त्री शर्माका कुनै नाता पनि पदैनन् तर उनी मन्त्री शर्माको पारिवारिक सदस्य भन्दै बिचौलियाको धन्दामा सक्रिय छन् । मन्त्री शर्माका पारिवारिक भोजभतेरदेखि प्रहरी र सशस्त्रका उच्चअधिकारीका पार्टीमा समेत सिटौलाले मदिराका बोतल पु¥याउने गरेका छन् । 

    मन्त्री शर्मासँगको सम्बन्ध भजाएर दलाली गर्दैआएका सिटौलाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सरुवा बढुवा जस्ता काममा पनि धाउने गरेका छन् । प्रहरी र सशस्त्रको जो प्रमुख भए पनि उसको निकट हुने, सरुवा बढुवामा शुभलाभको खेतीमा जुट्ने गरेका छन् । प्रहरी र सशस्त्रका ठेक्कामा समेत उनले सेटिङको काम गर्ने गरेका छन् । उनले प्रहरीका हाकिमका घर घरमा चाडबाडदेखि विभिन्न कार्यक्रमा गाडीमा रक्सी उपहार पुरयाउने काम समेत गर्ने गरेको स्रोतले बतायो । अर्थमन्त्रीदेखि प्रहरी प्रशासनका नाममा विभिन्न काम गरिदिन्छु भनेर डिल गर्ने गरेको आरोपका बारेमा कमल सिटौलाले भने–‘म नेपाल लिक्वर्समा काम गर्छु । तर कहीँ कतै सरुवा बढुवादेखि बिचौलियाको काम गर्ने मानिस होइन ।’

    बाह्रसिंगा बियरदेखि ब्ल्याक चिम्नी, ओल्ड दरबार जस्ता मदिराका उत्पादक रवि केसीको एजेन्टका रुपमा पनि उनी चिनिन्छन् । रवि केसीले अन्तःशुल्कका नक्कली स्टीकरदेखि विभिन्न काण्डमा मिलाउन यिनै सिटौलालाई प्रयोग गर्ने गरेका छन् । अर्थदेखि विभिन्न मन्त्रालयमा रवि केसीको एजेन्टका रुपमा उनी धाउने गरेका छन् ।  कुरिनटारस्थित बाह्रसिंगे बियर उत्पादन गर्ने याक ब्रिविङ कम्पनी प्रालि रवि केसीको हो । जुन उद्योगको बैधतामाथि नै प्रश्न उठिरहेको समयमा उद्योग विभागले बाह्रसिंगे बियर उत्पादनको अनुमति दिएको बिषय अहिले पनि विवादमा छ ।

    डिष्ट्रिलरी दर्ता भएपछि ३ वर्षभित्र उत्पादन गर्नुपर्ने कानुनी प्रावधानअनुरूप याक ब्रिविङले सो समयावधिमा उत्पादन नगरेपछि उद्योग विभागले अनुमति रद्द गरेको थियो । तर, उद्योग विभागको उक्त निर्णयविरुद्ध सो प्रालि अदालत पुगेपछि अदालतले हाललाई उक्त निर्णय कार्यान्वयन नगर्नु भनी उद्योग विभागका नाममा अन्तरिम आदेश जारी गरेको थियो । यही विवाद लामो समय रहेकै अवस्थामा कम्पनीले बाह्रसिंगे नामको बियर बजारमा ल्याएको थियो । अदालतको आदेश बिपरीत रवि केसीले बाह्रसिंगे बियर उत्पादन गर्दैआएका छन् । उद्योग विभागलाई प्रभावमा पारी उनले अदालतले रोके पनि अनुमति लिएका थिए । रवि केसी मदिरा उद्योगका माफिया नै हुन् । 

     

    सम्बन्धित समाचार