Logo
  • बिहीबार , असार २३ २०७९Jul 07 2022

भक्तपुर नगरपालिकाले मुल सडकको दायाँंबायाँं हरियाली प्रवर्द्धन गर्ने

भक्तपुर नगरपालिकाले मुल सडकको दायाँंबायाँं हरियाली प्रवर्द्धन गर्ने

नेपाल फेस

असार ८, २०७९ बुधबार
  • 2.2K
    SHARES

  • भक्तपुर नगरपालिकाले मुल सडकको दायाँंबायाँं हरियाली प्रवर्द्धन गर्ने

    भक्तपुर । भक्तपुर नगरपालिकाले पुरानो सहरको मुल सडकको दायाँंबायाँं हरियाली प्रवर्द्धनको नीति लिएको छ । बुधबारदेखि सुरू भएको  १२औँ  नगरसभा उद्घाटन समारोहमा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरको सौदर्यता अभिवृद्धि गर्न यस्तो नीति लिएको बताए । नगरसभामा आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले त्यसका लागि घरधनी र पसल धनीहरूसँंग समन्वय गर्ने बताए । 

    नगरसभाको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले गरेका थिए । त्यस अवसरमा उनले नेपालका युवालाई सही राजनीतिक ज्ञान नदिँदा विदेशी संस्कृतिले प्रभाव जमाइरहेकोेमा चिन्ता व्यक्त गरे ।

    प्रतिनिधिसभाका सांसद प्रेम सुवालले भारतीय एकाधिकारी पुँजीले नेपाललाई अघोषित नाकाबन्दी गरिरहेको बताए । उनले नेपाल सरकारको बजेट जनमुखी नभई पुँजीपति वर्गको हितमा रहेको दाबी पनि गरे । 

    कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाई, सृजना सैंजु, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विष्णुदत्त पौडेल, भनपा ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीलगायतले नगरको विकासमा सबै एकजुट भएर लाग्नुपर्ने बताए । 


     
     
     

    सम्बन्धित समाचार