Logo
  • बिहीबार , असार २३ २०७९Jul 07 2022

चार वर्षमै ६ करोड कमाउने सुब्बालाई अख्तियारद्धारा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

चार वर्षमै ६ करोड कमाउने सुब्बालाई अख्तियारद्धारा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

नेपाल फेस

असार ४, २०७९ शनिबार
  • 2.6K
    SHARES

  • चार वर्षमै ६ करोड कमाउने सुब्बालाई अख्तियारद्धारा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । सरकारी सेवामा तलब सुविधा न्यून रहेको गुनासो भइरहँदा एक सरकारी कार्यालयका नायब सुब्वा तहका कर्मचारीले भने चार वर्षभित्रै ६ करोडभन्दा बढी रुपैयाँ अकूत रूपमा कमाएको पाइएको छ । यसरी ६ करोड बढी आर्जन गर्ने व्यक्ति हुन् स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक (नायब सुब्बा)स्तरका कर्मचारी भीमकान्त भण्डारी । भण्डारीले कमाएको ६ करोड रुपैयाँको स्रोत खुलाउन नसक्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    अख्तियारको अनुसन्धानअनुसार भण्डारीले २१ असोज २०७३ सालदेखि २०७८ साल पुस मसान्तसम्म ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ अकुत सम्पत्ति कमाएको पाइएको छ । भण्डारीले विभिन्न उपायअपनाएर अकुत सम्पति आर्जन गरेका थिए । चार वर्षको सरकारी जागिरको समयमा उनी माओवादी केन्द्रबाट विभिन्न समयमा मन्त्री भएका वर्षमान पुन, कृष्णबहादुर महरा, आशा कोइराला र हितराज पाण्डेको स्वकीय सचिवका रूपमा काम गरेका थिए ।
    वरिष्ठ व्यवस्थापन सहायक पदबाट भण्डारी २१ असोज २०७३ सालमा राजपत्र अंकित प्रथम श्रेणीअन्तर्गत सार्वजनिक सेवामा प्रवेश गरेका थिए । उनले २०७७ साउनमा स्वैच्छिक अवकाश लिएका थिए । भण्डारी चार वर्ष मात्रै निजामती सेवामा रहँदा उनले ६ करोड बढी अकूत सम्पति आर्जन गर्न सफल भएका हुन् ।

    उनको सम्पत्ति छानबिनमा स्रोत नखुलेको सम्पत्ति ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ देखिएपछि सो रकम भ्रष्टाचार गरेको ठहर गर्दै गैरकानुनी सम्पत्ति जफत गर्न मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

    भण्डारीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा २ बमोजिम कैद एवं बिगोबमोजिम जरिमाना गर्न र स्रोत नखुलेको सम्पत्ति जफत गर्न माग गरिएको अख्तियारका प्रवक्ता श्याम भण्डारीले जानकारी दिए ।

    अख्तियारका अनुसार निज नायब सुब्बा भण्डारीले विभिन्न समयमा चार जना मन्त्रीको स्वकिय सचिव बसेकै बेला अकूत सम्पति आर्जन गरेको पाइएको छ । उनी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी झापामा कार्यरत रहे पनि जागिरको धेरै समय मन्त्रीको स्वकीय सचिवकै रूपमा सिंहदरबारमा नै बिताएका थिए । माओवादी केन्द्रका मन्त्रीहरूले उनलाई पालैपालो काजमा ल्याएर स्वकीय सचिव बनाएका थिए । त्यही समय नै भण्डारीका लागि अकूत सम्पति आर्जन गर्ने सुनौलो अवसर बनेको थियो ।

    मन्त्रीको स्वकीय सचिव रहँदा उनले विभिन्न बिचौलिया र तस्करसँग साँठगाँठ राखी अकूत सम्पति कुम्ल्याउन सफल भएको बताइएको छ । साथै उनले ठेक्का पट्टामा समेत मन्त्रीको अधिकारको दुरुपयोग गरी सेटिङ गर्ने गरेका थिए । आजको राजधानी दैनिकबाट 

    सम्बन्धित समाचार