Logo
  • बिहीबार , असार २३ २०७९Jul 07 2022

औषधि ब्यवस्था विभागका डीजी, विदेशी औषधि कम्पनीसँग मोलमोलाइमा बिजी

औषधि ब्यवस्था विभागका डीजी, विदेशी औषधि कम्पनीसँग मोलमोलाइमा बिजी

नेपाल फेस

असार १, २०७९ बुधबार
  • 3.4K
    SHARES

  • औषधि ब्यवस्था विभागका डीजी, विदेशी औषधि कम्पनीसँग मोलमोलाइमा बिजी

    काठमाडौं । औषधि ब्यवस्था विभागका महानिर्देशक भरत भट्टराई औषधि कम्पनीहरुको एजेन्ट बनेको आरोप छ । केही सीमित औषधि कम्पनीहरुसँग नियमित रकम बुझेर उनीहरुको मात्र हितमा काम गर्दैआएका भट्टराईले भारत आउजाउलाई तीव्र बनाएपछि शंका उत्पन्न भएको छ । स्रोतका अनुसार कुनै सरकारी प्रयोजन र औपचारिक निम्ता विना नै उनी ६ महिनाको बीचमा उनी ४ पटक भन्दा बढी भारत ओहोरदोहोर गरेका छन् । 

    अध्यागमन कार्यालयबाट अभिलेख उतार्ने हो भने उनले पटक पटक भारत भ्रमण गरेको पुष्टि हुनेछ । भारतमा रहेका औषधि कम्पनीहरुको निरीक्षण गर्ने त कहिले के बहानामा उनी भारत जाने गरेका छन् । उनीसँगै हाल निरीक्षण शाखामा रहेका सन्तोष केसी पनि हरेक भ्रमणमा सहभागी हुने गरेका छन् । केसी त भारतीय औषधि कम्पनीको निरीक्षणका लागि स्वीकृत गराएको अवधि भन्दा बढी समय कम्पनीकै आतिथ्यमा बस्ने खाने गरेको आरोप छ ।

    कम्पनीकै निरीक्षणमा जाने विभागका कर्मचारीहरुले कम्पनीकै खर्चपर्चमा रमाउने मात्र होइन, नेपाल आउँदा परिवार र आफन्तका नाममा ल्याइने उपहार पनि कम्पनीलाई नै खरिद गर्न लाउने हुँदा त्यो कम्पनीको औषधि जतिसुकै गुणस्तरहीन र कम्पनीको ब्यवस्थापन कमजोर भए पनि त्यसले नेपालमा बिक्रीबितरणको योग्य प्रतिवेदन पाउने गरेको छ । भट्टराई र केसी संलग्न निरीक्षण टोलीले त्यही किसिमको प्रतिवेदन बनाउँदैआएको छ । अहिले विदेशी ४० वटा औषधि कम्पनीहरुले निरीक्षणका लागि विभागमा आवेदन दिएका छन् । तर भट्टराई र केसीले ती कम्पनीहरुसँग प्रतिकम्पनी २० लाख रुपैयाँ दिनेलाई मात्रै निरीक्षणमा समेट्ने भन्दै मोलमोलाई गरिरहेका छन् । 

    तत्कालीन स्वास्थ्य मन्त्री उपेन्द्र यादवका पालामा पनि यही टोलीले लाखौं रकम उठाएर औषधि कम्पनीको निरक्षिण गरेको थियो । कबोल गरेअनुसारको रकम दिने कम्पनीहरुको निरीक्षण गर्ने र प्रतिवेदन दिएको भट्टराई–केसी गठबन्धनले अहिले पनि सोही किसिमको धन्दा चलाएको छ । लामो लकडाउनका कारण निरीक्षण हुन नसकेका उद्योगहरुमाथि परेको समस्यामाथि खेलेर मोटो रकम उठाउन अग्रसर यो गठबन्धनले आफूलाई फार्मेशिष्ट बताउने भट्टराईलाई विगतदेखि नै साथ दिंदैआएका एक बिचौलियालाई पनि प्रयोग गर्ने गरेको आरोप छ । विभागका महानिर्देशक भट्टराई र केसी अहिले कार्यकक्षमा भेटिंदैनन् । कार्यालयमा केही समयमात्र बस्ने र अरु समयबबरमहल, बिजुलीबजार, सातदोबाटो, बानेश्वर लगायतका होटल र क्याफेमा बिचौलियासँग डिलमा ब्यस्त हुने गरेका छन् ।

    महानिर्देशक भट्टराईले उद्योगका संचालक वा प्रतिनिधिसँग डिल गर्न आफू वा नभ्याए बिचौलिया पठाउने गरेको स्रोतले बतायो । भट्टराईले विभागको सुधारका लागि स्थापना गरेको एकद्वार प्रणाली पनि नाममात्रको बनाएका छन् । घुस खान असहज भएपछि एकद्वार प्रणालीलाई अर्थहीन बनाएर रकम असुलीका लागि लिलाम बढाबढ नै गर्न थालेका भट्टराईले विभागमा आफ्नो अनियमिततामा साथ नदिने कर्मचारीको सरुवा गरेर आफ्नो सेटिङमा चल्नेहरुलाई मात्र भित्र्याएका छन् । 

    जुन मन्त्री आयो, त्यही पार्टीको साखुल्ले हुने र रङ बदल्न सिपालु मानिन्छन् डीजी भट्टराई । पहिला एमाले भन्दै भानुभक्त ढकाल स्वास्थ्य मन्त्री हुँदा महानिर्देशक बनेका उनको गलत कार्यका कारण उनी धेरै समय टिक्न सकेनन् । उपेन्द्र यादव स्वास्थ्य मन्त्री हुँदा पुनः विभागको महानिर्देशक भएका उनी पछि फेरि फर्केर मन्त्रालयमा आए । पछि बिरोध खतिवडाले पार्टीलाई सहयोग गर्न लगाई पार्टीकै निकट भएको हवाला दिंदै विभागको महानिर्देशकमा पठाए । खतिवडा मन्त्रीबाट फिर्ता भएको चर्चा हुँदा आफ्नो लगानी डुब्यो भनेर सहकर्मीहरुसँग रुवाबासी गर्न थालेका उनी भोलिपल्टै मन्त्री थमौती भएको सुनेर मुहार हँसिलो बनाएका छन् ।

    सम्बन्धित समाचार