Logo
  • बिहीबार , असार २३ २०७९Jul 07 2022

गाँजा ओसार्न प्रयोग गरिएको अटोसहित दुई जना पक्राउ

गाँजा ओसार्न प्रयोग गरिएको अटोसहित दुई जना पक्राउ

नेपाल फेस

जेठ १४, २०७९ शनिबार
  • 1.7K
    SHARES

  • गाँजा ओसार्न प्रयोग गरिएको अटोसहित दुई जना पक्राउ

    कलैया । अटो र  लागूऔषध गाँजासहित दुई जनालाई प्रहरी चौकी पथलैयाले शुक्रबार बिहान पक्राउ गरेको छ ।

    बाराका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले  ना २ ह २८८८ नम्बरको अटोमा राखेर हेटौडाबाट जितपुरसम्म ल्याउँदै गरेको ३५ किलो लागू औषध गाँजसहित मकवानपुरको हेटौडा उपमहानगरपालिका १३ का संजय स्याङतान र भुवन तितुङ्गलाई पक्राउ गरिएको बताएका छन् ।

    पथलैया चोकमा प्रहरी सहायक निरीक्षक मनोजकुमार यादवको नेतृत्वमा रहेको प्रहरी टोलीले चेकजाँचको गर्दा झोला भित्रमा लुकाएर अटोमा राखिएको अवस्थामा गाँजा बरामद गरेपछि गाँजाबारे थप अनुसन्धान शुरु गरिएको उपरीक्षक देउवाले बताए ।

    मकवानपुरमा उत्पादन गरिने लागूऔषध गाँजालाई गाँजा तस्कर समुहले भरियामार्फत् ढुवानी गराएर बारा, पर्सा हुने भारतमा समेत लैजाने गरेका छन् ।

    सम्बन्धित समाचार