Logo
  • आइतवार, श्रावण २५ २०७७Aug 09 2020

images

आज रातो मच्छिन्द्रनाथको रथारोहण हुने

आज रातो मच्छिन्द्रनाथको रथारोहण हुने

नेपाल फेस

१०, श्रावण २०७७
  • 2.4K
    SHARES

  • आज रातो मच्छिन्द्रनाथको रथारोहण हुने

    ललितपुर । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण  आज  शनिबार हुने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटमा शुभसाइत रहेको ठहर गरेसँगै हाल पुल्चोकमा निर्माण भइरहेको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराउन लागिएको हो ।

    रथारोहण समारोहमा २० जना मानिस मात्र सहभागी हुन पाउने निर्णय भएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले बताए । उनले भने, ‘विगतका हरेक वर्ष रथारोहणको चार दिनमा रातो मच्छिन्द्रनाथको रथ तानेर गाःबहाल लाने परम्परा रहेको थियो । यसवर्ष कोरोना महामारीका कारण के गर्ने भन्ने विषयमा टुङ्गो लागी सकेको छैन ।’ आज हुने रथारोहणका लागि हिजो पुल्चोकमा ३२ हात लामो धःमा, बाराहीले आवश्यक सुनको झ्याल र रथमा चाहिने तोरन राख्ने काम सम्पन्न गरेको ७० वर्षीय ञवाल सूर्यमान डङ्गोलले बताए ।

    हाल करुणामयलाई पाटनको तःबहाल पाटीमा राखिएको छ । यसअघि हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गराउने चलन थियो । यस वर्ष कोभिड–१९ का कारण यही असार १० गतेदेखि बुँगद्यःको रथ निर्माणको काम अघि बढाएको पानेजु पूर्णराज शाक्यले बताए । यो काठमाडौँ उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो । रासस

    शनिवार, श्रावण १० २०७७०६:३५:११

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]