Logo
  • सोमवार, आश्विन ५ २०७७Sep 21 2020

images

कोइरालाको पुनरावलोकन र एसिड प्रहारमा पर्ने युवतीको पक्षमा निःशुल्क बहस गर्ने घोषणा

कोइरालाको पुनरावलोकन र एसिड प्रहारमा पर्ने युवतीको पक्षमा निःशुल्क बहस गर्ने घोषणा

नेपाल फेस

९, श्रावण २०७७
  • 40.2K
    SHARES

  • कोइरालाको पुनरावलोकन र एसिड प्रहारमा पर्ने युवतीको पक्षमा निःशुल्क बहस गर्ने घोषणा

    काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीले सशस्त्र प्रहरीका पूर्वडीआइजी रंजन कोइरालालाई थुनामुक्त गर्ने आदेशको चौतर्फी बिरोध भइरहेको छ । आफ्नै श्रीमती गीता ढकालको बिभत्स हत्या गरी सब टुक्रा टुक्रा पारी मकवानपुरको जंगलमा लगेर फाल्ने रंजन कोइराला सर्वोच्चको फैसलापछि बिहीबार हात हल्लाउँदै बिजयी भावमा जेलमुक्त भई प्रेमिकासँग घर गएका छन् ।

    जिल्ला अदालत र उच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको संजाय सुुनाइएका कोइराला साँढे ८ बर्षदेखि थुनामा थिए । त्यही थुनामा रहेको अवधि ८ बर्ष ६ महिनालाई नै कायम गरी सर्वोच्चले फैसला गरेपछि जनस्तरबाट ठूलो बिरोध भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश राणाका भाइ प्रभुशमशेर मार्फत्् ठूलो घुस कारोबार गरी कोइरालाजस्ता आफ्नै श्रीमतीको हत्या गर्नेलाई छाडिएको बिषयको बिरोध भएपछि सरकारमा पुनरावलोकनमा गएको छ । महान्यायाधीवक्ता कार्यालयले पुनरावलोकनका लागि बिहीबारै निवेदन दर्ता गराइसकेको छ ।

    श्रीमतीको बीभत्स हत्या अभियोगमा जेलमा रहेका रन्जन कोइरालाका बिरुद्ध महान्यायाधीवक्ता कार्यालयले दर्ता गरेको पुनरावलोकन मुद्दामा अधिवक्ता राधिका खतिवडाले निःशुल्क बहस गर्ने भएकी छन् ।

    त्यस्तै बिहीबारै सीतापाइलामा एसिड प्रहारमा परेकी युवतीको पक्षमा पनि खतिवडाले निःशुल्क बहस पैरवी गर्ने घोषणा गरेकी छन् । विहिबार साँझ राजधानीको सीतापाइलामा युवतीमाथि एसिड आक्रमण गर्ने २ व्यक्ति पक्राउ परेका छन् ।

    ती युवतीलाई एसिड प्रहार गर्ने २ जनालाई प्रहरीले बिहीबार राति नै पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल काठमाडौंको डल्लु बस्दै आएका मोहम्मद आलम र भारतीय नागरिक मुन्ना महम्मद रहेका छन् ।

    शुक्रवार, श्रावण ९ २०७७०८:५५:२९

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]