Logo
  • शनिवार, श्रावण २४ २०७७Aug 08 2020

images

बुधबार डिस्चार्ज भए २०७ जना, भेटिए सयजना नयाँ कोरोना संक्रमित

बुधबार डिस्चार्ज भए २०७ जना, भेटिए सयजना नयाँ कोरोना संक्रमित

नेपाल फेस

७, श्रावण २०७७
  • 2.3K
    SHARES

  • बुधबार डिस्चार्ज भए २०७ जना, भेटिए सयजना नयाँ कोरोना संक्रमित

    काठमाडौं । बुधबार देशभर एक सय जना काेराेना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा गरिएकाे ३ हजार ७ सय ७९ जनाको पीसीआर परीक्षणबाट यी संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १८ हजार १४ जना पुगेको छ। 

    नेपालमा पछिल्लाे २४ घण्टामा २ सय ७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १२ हजार ६ सय ८४ पुगेकाे छ ।

    देशका विभिन्न स्थानका २० हजार ८ सय ४२ सय जना क्वारेन्टिनमा छन्। बुधबार कोरोनाका कारण थप दुईजनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा धनुषाका ६० वर्षीय पुरुष र एक ४९ वर्षीया चिनियाँ महिला रहेका छन् । योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ। 

    बुधवार, श्रावण ७ २०७७०४:२५:१९

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]