Logo
  • आइतबार, जेठ १५ २०७९May 29 2022

रसुवाको कालिका गाउँपालिका-१ मा माओवादीको प्यानल नै विजयी

रसुवाको कालिका गाउँपालिका-१ मा माओवादीको प्यानल नै विजयी

नेपाल फेस

वैशाख ३१, २०७९ शनिबार
  • 1.1K
    SHARES

  • रसुवाको कालिका गाउँपालिका-१ मा माओवादीको प्यानल नै विजयी

    रसुवा । रसुवाको कालिका गाउँपालिका–१ को मतपरिणाम सार्वजनिक भएको छ । नतिजाअनुसार वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । 

    नेकपा माओवादी केन्द्रका दावा तामाङले पाँच सय ६६ मत ल्याएर विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छेवाङ सेनाम तामाङले पाँच सय ४८ मत ल्याए । यस्तै, नेकपा एमालेका आङतेम्बाले एक सय ७२ मत ल्याएका छन् । महिला सदस्यमा कल्पना तामाङ, दलित महिला सदस्यमा ज्योतिसरा परियार, खुला सदस्यमा लक्षिण लामा तामाङ र उर्पा थोक्रा तामाङ विजयी भएका हुन् । 

    ०७४ सालकाे निर्वाचनमा पनि माओवादी केन्द्रले विजयी हासिल गरेको थियो । वडाध्यक्षमा विजयी तामाङ यसअघि नेपाल पत्रकार महासंघ रसुवाका सचिव तथा जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष थिए । 

    सम्बन्धित समाचार