Logo
  • आइतबार, जेठ १५ २०७९May 29 2022

यस्तो रहनेछ आजको मौसम,तीन प्रदेशमा बिहानै वर्षा

यस्तो रहनेछ आजको मौसम,तीन प्रदेशमा बिहानै वर्षा

नेपाल फेस

वैशाख ३१, २०७९ शनिबार
  • 1.2K
    SHARES

  • यस्तो रहनेछ आजको मौसम,तीन प्रदेशमा बिहानै वर्षा

    काठमाडौं । आज शनिबार मुलुकका विभिन्‍न क्षेत्रमा वर्षा हुने भएको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि बदली छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय र पश्चिमी वायुका कारण बिहान प्रदेश १, मधेस, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षा भएको छ ।

    दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    राति प्रदेश १, मधेश र बागमतीका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ ।

    आइतबार पनि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक(दुई स्थानमा वर्षाको सम्भावना छ ।

    सम्बन्धित समाचार