Logo
  • आइतबार, जेठ १५ २०७९May 29 2022

मुख्यमन्त्री राउतले गरे आचारसंहिता उल्लंघन

मुख्यमन्त्री राउतले गरे आचारसंहिता उल्लंघन

नेपाल फेस

वैशाख २३, २०७९ शुक्रबार
  • 2.9K
    SHARES

  • मुख्यमन्त्री राउतले गरे आचारसंहिता उल्लंघन


    मुख्यमन्त्री राउतले सरकारी सेवा सुविधाको दुरुपयोग गरेर आचारसंहिता उल्लंघन गरिरहँदा पनि सम्बन्धित निकाय भने मौन छ।
    वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले निर्वाचन आचारसंहिताको ठाडै उल्लंघन गरेका छन्। उनी गृह जिल्ला पर्सामा जसपाका उम्मेदवारका लागि चुनावी प्रचारमा व्यस्त छन्।

    लालबाबु राउत जसपा आबद्ध हुन्। वीरगन्ज–१५ लक्ष्मणवामा जसपाले बिहीबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री राउतले आफ्ना उम्मेदवारका लागि भोट माग्दै भाषण पनि गरे। 

    बिहीबार नै दिउँसो गृहगाउँ पर्साको जगरनाथपुर गाउँपालिका–१ मा जसपाले आयोजना गरेको कोणसभामा सहभागी भई सम्बोधन गरे।  जसपाको चुनावी कार्यक्रममा जाँदा मुख्यमन्त्री राउत सरकारी गाडी मै जाने गरेका छन्।

    नेपाली सेनासहितका सुरक्षाकर्मीलाई पनि उनले सँगै लैजाने गरेका छन्। मुख्यमन्त्री राउतले सरकारी सेवा सुविधाको दुरुपयोग गरेर आचारसंहिता उल्लंघन गरिरहँदा पनि सम्बन्धित निकाय भने मौन छ।

    पर्साका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले नेपाल सरकारको सार्वजनिक लाभको पदमा बसेका जोसुकैलाई पनि निर्वाचन आचारसंहिता लाग्ने भएकाले मुख्यमन्त्री राउतको हकमा पनि त्यो लागू हुने बताए। पौडेलले भने, ‘मुख्यमन्त्रीलाई पनि आचारसंहिता लाग्छ।

    यदि कुनै कार्यक्रममा जाने हो भने निर्वाचन आयोगबाट पूर्वअनुमति लिनुपर्छ।’ तर, मुख्यमन्त्री राउतले चुनावी आचारसंहिता उल्लंघन गरेको लिखित उजुरी अहिलेसम्म नपरेकाले आफूहरूले मुख्यमन्त्रीविरुद्ध कुनै कारबाही प्रक्रिया अगाडि नबढाएको पौडेलले बताए। ‘यदि कसैले लिखित उजुरी दियो भने हामीले त्यो उजुरी कारबाही प्रक्रियाका लागि निर्वाचन आयोगमा  सिफारिस गरिदिन्छौं।’ अन्नपूर्ण पोस्ट्मा खबर छ । ।

    सम्बन्धित समाचार