Logo
  • आइतबार, जेठ १५ २०७९May 29 2022

एमालेबाट लिखु गाउँपालिकाका अध्यक्षका उम्मेदवार बिष्टलाई पक्राउ गर्ने तयारी

एमालेबाट लिखु गाउँपालिकाका अध्यक्षका उम्मेदवार बिष्टलाई पक्राउ गर्ने तयारी

नेपाल फेस

वैशाख २०, २०७९ मंगलबार
  • 26.7K
    SHARES

  • एमालेबाट लिखु गाउँपालिकाका अध्यक्षका उम्मेदवार   बिष्टलाई पक्राउ गर्ने तयारी

    ओखलढुङ्गा । ओखलढुङ्गाकाे  लिखु गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष उम्मेदवार मिलन कुमार विष्टविरुद्ध दोहोरो नागरिकता र सरकारी कागजपत्र किर्ते गरेकाे आराेपमा पक्राउ पुर्जी जारी भएकाे छ ।

    काठमाडाैं जिल्ला प्रशासन कार्यलयबाट मिलन कुमार विष्ट र ओखलढुङ्गा जिल्ला प्रशासन कार्यलयबाट हाेमबहादुर बिष्टकाे नाममा दाेहाेराे नागरिकता लिएकाे भन्दै काठमाडाैं प्रहरी परिसरले पक्राउ पुर्जी जारी गरेकाे हाे ।

    ओखलढुङ्गाका डीएसपी सुकदेव खनालले अध्यक्ष उम्मेदवार विष्टविरूद्ध काठमाडाैं प्रहरी परिसर र भक्तपुर जिल्ला अदालतबाट पक्राउका लागि पत्र आएकाे जानकारी दिए । 

    भक्तपुर जिल्ला अदालतले सरकारी कागजपत्र किर्ते गरेकाे अभियोगमा  बिष्टलाई जेल सजाय सुनाएकाे छ । 

    यस्ता बिवादित ब्यक्तिलाई एमालेले अध्यक्ष उम्मेदवार बनाएको विरुद्व उजुरी परे पनि निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थिएन ।

    सम्बन्धित समाचार