Logo
  • आइतवार, श्रावण २५ २०७७Aug 09 2020

images

अश्लिल वेबसाइट सञ्चालक युवा गाेंगबुबाट पक्राउ

अश्लिल वेबसाइट सञ्चालक युवा गाेंगबुबाट पक्राउ

नेपाल फेस

२९, आषाढ २०७७
  • 628
    SHARES

  • अश्लिल वेबसाइट सञ्चालक युवा गाेंगबुबाट पक्राउ

    काठमाडौं । काठमाडौंमै बसेर अश्लिल साइट चलाउने एक युवालाई प्रहरीले पक्राउ गरेकाे छ । नेपालमा अहिले अश्लिल वेबसाइट हेर्न समेत प्रतिबन्ध लागेकाेमा ती युवाले विदेशबाट हाेस्टिङ गर्दै वेबसाइट चलाएका हुन् ।

    यसरी पक्राउ पर्नेमा गाेंगबुका २३ वर्षिय युवक सुरज श्रेष्ठ छन् । नेपाल प्रहरीकाे साइबर ब्यूराेले उनलाई पक्राउ गरेकाे हाे । 

    सुरजले एक नेपाली युवतीकाे भिडियाे साे साइटमार्फत् प्रशारण गरेकाे प्रहरीले जनाएकाे छ । ती युवतीकाे उजुरीकाे आधारमा प्रहरीले सुरजकाे कर्तुतबारे जानकारी पाएकाे थियाे । 

     साे वेबसाइट अहिले बन्द गराइ पक्राउ परेका सुरजमाथि विद्युतीय कारोबार ऐन अनुसार ७ दिन म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाइएको ब्यूराेले जनाएकाे छ ।

    सोमवार, आषाढ २९ २०७७०६:१०:१३

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]