Logo
  • आइतबार, जेठ १५ २०७९May 29 2022

गृहमन्त्रीकै आडमा धनुषा कांग्रेसमा भाँडभैलो, सभापतिमा हार्ने देखेपछि संस्थापन पक्ष आत्तियो, निर्वाचन अधिकृत असुरक्षित

गृहमन्त्रीकै आडमा धनुषा कांग्रेसमा भाँडभैलो, सभापतिमा हार्ने देखेपछि संस्थापन पक्ष आत्तियो, निर्वाचन अधिकृत असुरक्षित

नेपाल फेस

फागुन २५, २०७८ बुधबार
  • 28.4K
    SHARES

  • गृहमन्त्रीकै आडमा धनुषा कांग्रेसमा भाँडभैलो, सभापतिमा हार्ने देखेपछि संस्थापन पक्ष आत्तियो, निर्वाचन अधिकृत  असुरक्षित

    जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको सभापति पदमा पराजीत हुने भएपछि संस्थापन पक्षका नेता आनन्दप्रसाद ढ्ुंगाना र महेन्द्र यादवले निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीलाई नै जनकपुर छाड्न धम्की दिएका छन् ।

    मंगलबार भएको धनुषा कांग्रेसको निर्वाचनमा योगेन्द्र पंजियारले सर्वाधिक मत १ हजार २४८, संस्थापन पक्षका सन्तोषकुमार यादवले ८८३ र कोइराला समूहका दिनेशप्रसाद प्रसैला यादवले ६३० मत ल्याएका थिए । बढी मत ल्याउने पंजियार नेता बिमलेन्द्र निधि निकट हुन् भने सन्तोष यादव संस्थापन पक्षका हुन् । प्रसैला डा. शेखर कोइराला समूहनिकट हुन् । मंगलबारको निर्वाचनमा ५१ प्रतिशत मत कटाउन नसकेपछि बिहीबार पुनः मतदाने हुने मिति तोकिएको थियो ।

    डा. कोइराला पक्षका प्रसैलाले निधि निकट पंजियारलाई समर्थन गरेपछि उनको जित सुनिश्चित देखेर संस्थापन पक्षका आनन्द ढुंगाना र महेन्द्र यादव निर्वाचन अधिकृत ज्ञवालीलाई गुण्डा लगाएर आजै राति धनुषाबाट खेद्ने र निर्वाचन हुन नदिने खेलमा लागेका छन् ।

    केन्द्रीय निर्वाचन समितिले धनुषाको निर्वाचनका लागि खटाएका निर्वाचन अधिकृत ज्ञवाली बस्दैआएको धनुषाको सिताशरण होटलमा आनन्दप्रसाद ढुंगानाका भाइ विनोद ढुंगानाले अहिले राति १० बजे २०–२५ जना गुण्डाहरु लगेर निर्वाचन अधिकृत ज्ञवालीलाई होटलबाट निकाल्न दबाब दिइरहेका छन् । होटल संचालकले हात जोडेर निर्वाचन अधिकृत ज्ञवालीलाई होटल छाडिदिन आग्रह गरेपछि ज्ञवालीको ज्यान नै असुरक्षित भएको छ ।

    धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र एसपी वसन्त रजौरेसँग निर्वाचन अधिकृत ज्ञवालीले सुरक्षा माग गरिरहेका छन् । होटलबाहिर गुण्डा लगाएर निर्वाचन अधिकृत ज्ञवालीलाई जनकपुरबाट राति नै लखेट्ने र निर्वाचन रोक्नका लागि गृहमन्त्री बालकृष्ण खाँणले पनि जिल्लाको प्रशासनलाई निर्देशन दिएका कारण पनि थप त्रासको वातावरण जनकपुरमा छ । 

    सम्बन्धित समाचार