Logo
  • आइतवार, श्रावण २५ २०७७Aug 09 2020

images

देउवा–जसपा नेताबीच भेट, नागरिकता विधेयकमा समेत छलफल

देउवा–जसपा नेताबीच भेट, नागरिकता विधेयकमा समेत छलफल

नेपाल फेस

२३, आषाढ २०७७
  • 358
    SHARES

  • देउवा–जसपा नेताबीच भेट, नागरिकता विधेयकमा समेत छलफल

    काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरूबीच भेटघाट भएकाे छ ।

    मंगलबार जसपाका अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, नेताहरू बाबुराम भट्टराई, राजेन्द्र महतोलगायत सभापति देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए ।

    करिब एक घण्टा सभापति देउवासँग जसपा नेताहरूको कुराकानी भएको थियाे । जसपा नेताहरु नागरिकता विधेयककाे विषयमा छलफल गर्नका लागि देउवा निवास पुगेकाे बताइएकाे छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकता विधेयक लगायतका विधेयकहरु प्रतिनिधि सभामा थाँती रहँदा नै संसदको अधिवेशन अन्त्य गरिदिएका थिए ।

    यस्तै पछिल्लाे समय नेकपा फुटकाे संघारमा रहेकाे र सत्ता परिवर्तनकाे चर्चा समेत चलेकाे छ । यस्ताेमा कांग्रेससँग जसपा नेताकाे भेटलाई अर्थपूर्ण मानिएकाे छ ।

    मंगलवार, आषाढ २३ २०७७१२:३३:२२

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]