Logo
  • मंगलवार, आषाढ २३ २०७७Jul 07 2020

लकडाउन साउन ७ सम्म, सार्वजनिक यातायात र अन्तर्राष्ट्रिय उडान पनि बन्द

लकडाउन साउन ७ सम्म, सार्वजनिक यातायात र अन्तर्राष्ट्रिय उडान पनि बन्द

  • नेपाल फेस

  • सोमवार, आषाढ १५ २०७७


  • लकडाउन साउन ७ सम्म, सार्वजनिक यातायात र अन्तर्राष्ट्रिय उडान पनि बन्द

    काठमाडौं । मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले कोरोना भाइरस रोकथामका लागि जारी लकडाउनलाई ७ साउनसम्म लम्ब्याउने निर्णय गरेको छ । बैठकले ७ साउनसम्म अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि बन्द राख्ने निर्णय गरेको वताइएको छ । यसअघि जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको थियो ।

    अहिले स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला छन् भने उद्योग, व्यापार, व्यवसाय, पसल, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको छ । सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ । तर, सपिङ मल, जिमखाना, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु, क्वारेन्टाइनका लागि तोकिएका बाहेकका होटल भने बन्द गरिएको छ । सार्वजनिक यातायात पनि बन्द छ । निजी सवारीसाधन पनि जोरबिजोरकै आधारमा संचालन हुनेछन् ।

    मन्त्रिपरिषद् बैठकले जारी खुकुलो लकडाउनलाई साउन ७ सम्म कायम राख्ने निर्णय गरेको छ ।

    सोमवार, आषाढ १५ २०७७०९:५०:०९

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]