Logo
  • मंगलवार, आषाढ २३ २०७७Jul 07 2020

कार र मोटरसाईकल ठोक्किँदा दुई जनाको मृत्यु

कार र मोटरसाईकल ठोक्किँदा दुई जनाको मृत्यु

  • नेपाल फेस

  • सोमवार, आषाढ १५ २०७७


  • कार र मोटरसाईकल ठोक्किँदा दुई जनाको मृत्यु


    रुपन्देही। सोमबार सैनामैनामा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

    सोमबार दिउँसो पूर्व पश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिका वडा . ६ कलौनी शान्तिटोलमा कपिलवस्तुबाट बुटवलतर्फ आउँदै गरेको लु २ च ८५२९ नम्बरको कार र विपरीत दिशातर्फ गइरहेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।

    दुर्घटनामा परी मोटरसाइकलमा सवार सैनामैना १ बस्ने वर्ष ३० का सन्तोष परियार र अर्का एकजना अन्दाजी ४६ वर्षीय पुरूषको मृत्यु भएको हो।

    दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनाको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए।

    दिउँसो २ बजेतिर भएको दुर्घटनामा परी मृत्यु भएका एक जनाको भने सनाखत हुन सकेको छैन।

     

    कार र मोटरसाइकल इलाका प्रहरी कार्यालय सालझण्डीले नियन्त्रणमा लिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

     

    सोमवार, आषाढ १५ २०७७०४:२२:०२

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]