Logo
  • मंगलवार, आषाढ २३ २०७७Jul 07 2020

सलहको सबैभन्दा ठूलो झुण्ड कपिलबस्तुमा

सलहको सबैभन्दा ठूलो झुण्ड कपिलबस्तुमा

  • नेपाल फेस

  • सोमवार, आषाढ १५ २०७७


  • सलहको सबैभन्दा ठूलो झुण्ड कपिलबस्तुमा


    काठमाडौं । सलहको ठूला झुण्डहरू कपिलवस्तुका तीन नगरपालिकामा फेला परेका छन् ।

    प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार बुद्धभूमि, शिवराज र कपिलवस्तु नगरपालिकाको जंगलमा सलहको ठूला झुण्ड देखा परेको हो।


    आइतबार अपराह्न करिब ८ देखि १० लाखभन्दा धेरै संख्याको सलहको झुण्ड कपिलवस्तुमा प्रवेश गरेको विषादी व्यवस्थापन केन्द्रको अनुमान छ । उक्त नयाँ समूह जंगलमा बसेको प्रवक्ता सुवेदीले बताए ।

    करिब २० घण्टासम्म एकै ठाउँमा बसेको सलहको उक्त झुण्ड नेपालमा भेटिएकोमध्ये सबैभन्दा ठूलो भएको सुवेदीले दाबी गरे ।

    नेपालमा शनिबारदेखि सलहको झुण्ड नेपालका प्रवेश गर्ने क्रम सुरु भएको थियो । सरकारले भारतका विभिन्न भागमा बालीनाली नष्ट गर्दै आएका सलह सानासाना झुण्डमा छुट्टिएर नेपाल प्रवेश गरेको बताउँदै आएको थियो । अब ठूलो झुण्ड पनि नेपाल आउन थालेको पाइएको छ।

    सोमवार, आषाढ १५ २०७७०३:२९:०७

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]