Logo
  • मंगलवार, आषाढ २३ २०७७Jul 07 2020

बाढी पहिरोको विषयमा संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

बाढी पहिरोको विषयमा संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

  • नेपाल फेस

  • सोमवार, आषाढ १५ २०७७


  • बाढी पहिरोको विषयमा संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता


    काठमाडौं । नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले बाढी पहिरो नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गर्दै सोमबार संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी छन् । उनले बाढी पहिरोको नियन्त्रण र रोकथामको चुस्त र प्रभावकारी तयारी गर्न माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी हुन् । उनको प्रस्तावको कांग्रेस सांसदहरु लक्ष्मी परियार र देवप्रसाद तिमिल्सिनाले समर्थन गरेका छन् ।

    हरेक वर्ष वर्षायामको समयमा बाढी र पहिरोका कारण धनजनको क्षति हुँदा पनि सरकारले पूर्वतयारीमा ध्यान नदिएको उल्लेख गर्दै नेपालको कुन क्षेत्रमा बाढी पहिरोको जोखिम छ भन्ने विशेषज्ञबाट पत्ता लगाई नियन्त्रणको कार्ययोजना बनाई कार्यान्वयन गर्नुपर्ने सांसद संग्रौलाले बताएकी छन् ।

    भारतले एकतर्फी रुपमा दशगजामा बाँध, तटबन्ध र सडक निर्माण गरी नेपाली भूभाग डुवानमा पारेकाले समस्या समाधानका लागि कुटनीतिक पहल गर्न, भारतले झापादेखि कञ्चनपुरसम्म अन्तर्राष्ट्रिय सन्धि सम्झौता विपरीत बनाएको बाँध, तटबन्ध र सडक पत्ता लगाई स्थायी समाधानको पहल गर्न प्रस्ताव दर्ता गरेको सांसद संग्रौलाले बताइन् ।

    सोमवार, आषाढ १५ २०७७०१:४३:४२

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]