Logo
  • मंगलवार, आषाढ २३ २०७७Jul 07 2020

पार्टी कार्यालय सुनसानः नेताका घर घरमा कार्यकर्ताको सपथ

पार्टी कार्यालय सुनसानः नेताका घर घरमा कार्यकर्ताको सपथ

  • नेपाल फेस

  • सोमवार, आषाढ १५ २०७७


  • पार्टी कार्यालय सुनसानः नेताका घर घरमा कार्यकर्ताको सपथ

    काठमाडौं । एमाले र माओवादी कार्यालय पार्टी एकता अघि भरिभराउ हुन्थे । नेताहरुको आउजाउ बाक्लो हुन्थ्यो । तर पार्टी एकतापछि तत्कालीन एमालेको धुम्बाराही कार्यालय र माओवादीको पेरिसडाँडा सुनसान र चकमन्न हुन थालेका छन् ।

    पार्टी एकताको सुरुवातमा कहिले धुम्वाराही त कहिले पेरिसडाँडामा भेला भए पनि त्यसपछि प्रायः पार्टीका गतिबिधि हुनै छाडेका छन् । पार्टीका तल्लो तहका कार्यकर्ताहरु जिम्मेवारीविहीन छन् । र, उनीहरु गुट उपगुटको पक्षमा सामाजिक संजालमा लेख्नेमै सीमित छन् । हुँदाहुँदा अब त कार्यकर्ताको सपथग्रहण पनि शीर्षनेताका घर घरमा हुन थालेका छन् । सोमबार यस्तै भएको छ । नेकपा सर्लाहीका सचिव कमल बुढाथोकीलाई नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमै  सपथ ग्रहण गराइएको छ । 

    सोमबार अध्यक्ष दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, श्रममन्त्री रामेश्वर राय यादव र सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको उपस्थितिमा प्रदेश नम्बर २ का सचिव सुमन प्याकुरेलले बुढाथोकीलाई सपथ खुवाएका छन् ।

    सोमवार, आषाढ १५ २०७७०१:०८:३६

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]