Logo
  • मंगलवार, आषाढ २३ २०७७Jul 07 2020

एडीबीले दियो नेपाललाई २२ अर्ब सहुलियतपूर्ण ऋण

एडीबीले दियो नेपाललाई २२ अर्ब सहुलियतपूर्ण ऋण

  • नेपाल फेस

  • सोमवार, आषाढ १५ २०७७


  • एडीबीले दियो नेपाललाई २२ अर्ब सहुलियतपूर्ण ऋण

    काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले नेपाललाई २२ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । नेपालको विद्युत आपूर्ति र वितरण प्रणालीमा सुधार गर्न एडीबीले उक्त सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको जनाएको छ ।

    नेपालस्थित एडीबीको देशीय कार्यालयका अनुसार नेपालको विद्युत आपूर्ति क्षमता विस्तार, गुणस्तर र विश्वसनीयता सुधार, उत्पादन र भारप्रेषण केन्द्रको सुदृढीकरणका लागि उक्त रकम सहुलियत ऋणस्वरुप नेपाललाई प्रदान गर्न स्वीकृत भएको हो ।

    उक्त रकम काठमाडौँ उपत्यका, भरतपुर महानगरपालिका, पोखरा उपमहानगरपालिकाका साथै प्रदेश नं २ मा विद्युत् आपूर्ति र वितरणलाई प्रभावकारी तुल्याउन खर्च गरिने छ ।

    सोमवार, आषाढ १५ २०७७१२:४०:४२

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]