Logo
  • मंगलवार, आषाढ २३ २०७७Jul 07 2020

लकडाउनका कारण बन्द भएको सेयरबजार भोलिबाट खुल्ने

लकडाउनका कारण बन्द भएको सेयरबजार भोलिबाट खुल्ने

  • नेपाल फेस

  • आइतवार, आषाढ १४ २०७७


  • लकडाउनका कारण बन्द भएको सेयरबजार भोलिबाट  खुल्ने

     काठमाडौं । बन्दाबन्दीका कारण बन्द भएको सेयरबजार भोली सोमबारबाट पुनः खुल्ने भएको छ । आइतबार धितोपत्र बोर्ड सेबोनले नेपाल स्टक एक्स्चेन्जलाई निर्देशन दिदै भोलिबाट नै सेयरबजार सञ्चालन गर्न भनेको छ ।

    शनिबारमात्रै बोर्डले अब कुनैपनि माग राखेर बजार बन्द गर्न नपाउने पत्रमा लगानीकर्तालाई सहमत गराएर हस्ताक्षर गराएको थियो । बोर्डले त्यसको भोलिपल्टै सेयर खुलाउने बोर्डले निणर्य गरेको हो ।

    बजार नखुलाएको भन्दै चौतर्फी आलोचनाको खेपेको बोर्डले अन्तिममा भएपनि नेप्सेको अनलाईन कारोबार प्रणालीमा सुधार गरेको छ । त्यस्तै युजरनेम र पासर्वड प्राप्त गर्न सक्ने, अनलाईन पेमेन्टका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडको कनेक्ट आइपिएस वा अन्य कुनै भरपर्दो विद्युतीय माध्यम प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ । अनलाइन पेमेन्ट पछि सिडिएस एन्ड क्लियरिङ लिमिटेडको मेरो शेयर शुविधा लगानीकर्ताले प्राप्त गर्नेछन् ।मेरो सेयर सुविधा प्राप्त गरेपछि लगानीकर्ताले घरमै बसेर आफुसंग भएको शेयर खरिदविक्री गर्न सक्नेछन् ।

     

    आइतवार, आषाढ १४ २०७७०२:२३:३८

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]