Logo
  • मंगलवार, आषाढ २३ २०७७Jul 07 2020

साधना लघुवित्तको आईपीओ असार २१ गतेदेखि निष्कासन

साधना लघुवित्तको आईपीओ असार २१ गतेदेखि निष्कासन

  • नेपाल फेस

  • शुक्रवार, आषाढ १२ २०७७


  • साधना लघुवित्तको आईपीओ असार २१ गतेदेखि निष्कासन

    काठमाडौं। साधना लघुवित्तले यहि असार २१ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।कम्पनीले ७ करोड ७ लाख ८० हजार रुपैयाँबराबरको ७ लाख ७ हजार ८ सय कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन गर्न लागेको हो ।

    जसमध्ये लघुवित्तले १० हजार ८ सय ९० कित्ता कर्मचारीहरूका लागि र ३५ हजार ३ सय ९० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।बाँकी रहेको ६ लाख ६१ हजार ५ सय २० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

    लघुवित्तको आइपीओमा असार २१ गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।लघुवित्तले आईपीओ निष्कासनका लागि यसअघि नै बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरिसकेको छ । लघुवित्तको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ दिएको छ ।

    शुक्रवार, आषाढ १२ २०७७०५:०३:५९

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]