Logo
  • बुधवार, आषाढ ३१ २०७७Jul 15 2020

१० लाख लुट्ने घुमुवा डीआइजी पोखरेलका विश्वासपात्र

१० लाख लुट्ने घुमुवा डीआइजी पोखरेलका विश्वासपात्र

  • नेपाल फेस

  • बिहिवार, आषाढ ११ २०७७


  • १० लाख लुट्ने घुमुवा डीआइजी पोखरेलका विश्वासपात्र

    काठमाडौं । गैरकानुनी हुन्डी कारोबारीसँग १० लाख घुस लिदालिंदै दई प्रहरी पक्राउ परेका छन् । न्यूरोडमा इलेक्ट्रोनिक्स पसल संचालन गर्ने एक व्यापारीले हुन्डीको कारोबार समेत गर्ने सूचना पाएपछि त्यो पसलबाट १० लाख रकम लुटेको अभियोगमा महानगरीय अपराध महाशाखाले बुधबार २ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत हवल्दार धिरेन विष्ट र दुई नम्बर गण महाराजगन्जमा कार्यरत सिपाही विक्रम चन्द हुन् । बिष्ट महानगरीय प्रहरी परिसर काठमाडौंका घुमुवा हुन् भने चन्द पहिला लामो समय घुमुवा बसी गएको पुसमा २ नम्बर गणमा सरुवा भएका थिए । यी दुवैलाई न्यूरोडका ब्यापारी कस कसले हुन्डीको कारोबार गर्छन् भन्ने जानकारी भएकाले विकास अग्रवालले रकम निकाल्नासाथ लुटेका थिए ।

    महानगरीय प्रहरी वृत्त, जनसेवामा लुटपाटमा संलग्नको हुलिया दिंदै ८ जेठमा विकास अग्रवालले जाहेरी दिएपछि घटनाबारे हल्लीखल्ली भएको थियो । अग्रवालले बुवाको उपचारका लागि फाइनान्सबाट १७ लाख रुपैयाँ झिकेको र १० लाख रकम प्रहरीहरुले लुटेर लगेको वयान दिएका छन् ।

    प्रहरीले क्लोज सर्किट (सीसी क्यामेरा फुटेज) मगाएर अनुसन्धान गर्दा उनीहरुले पैसाको झोला लिएको देखिएको खुलेको छ । अग्रवालले हुण्डीको पैसा बोकेको भन्दै धम्क्याएर उनीहरुले पैसा लुटेको हुनसक्ने प्रहरी स्रोतको भनाइ छ ।

    विष्ट डीआईजी पोखरेलदेखि परिसरका उच्च अधिकारीहरुका प्रियपात्र थिए । महानगरीय आयु्क्त कार्यालयका प्रमुख डीआइजी विश्वराज पोखरेलले १८ पुस २०७६ मा काठमाडौंका ६० जना घुमुवा प्रहरीहरुलाई हटाएको घोषणा गरी चर्चा कमाएका थिए । तर उनले हवल्दार बिष्ट जस्ता उनका विश्वासपात्रलाई भने हटाएका थिएनन् ।

    बिष्टका बारेमा पटक पटक असुलीका बारेमा उजुरी परेपछि परिसरका एसएसपी श्यामलाल ज्ञवाली गएपछि पनि हटाउन खोजेका थिए, तर डीआइजी पोखरेलले पुनः नहटाउन दबाब दिएपछि उनी पछि हटेका थिए । बुधबार १० लाख लुटपाटमा तिनै बिष्ट पक्राउ परेका छन् । यसले डीआइजी पोखरेलको घुमुवा हटाउने कुरा फगत चर्चामा आउने स्टन्टबाजीमात्र थियो भन्ने कुरा त विवादित एसपी ओम रानाको नेतृत्वमा परिचालित टोलीले नै स्पष्ट पारेको थियो । उनले पहिलाका घुमुवा हटाएर रानाको नेतृत्वमा घुमुवाको नयाँटोली बनाएका थिए । अहिले राना बाँकेमा सरुवा भइसकेका छन् ।

    बिहिवार, आषाढ ११ २०७७०५:५२:०६

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]