Logo
  • मंगलवार, आषाढ २३ २०७७Jul 07 2020

नेविसंघद्धारा त्रिविका उपकुलपतिको कुर्सी जलायो

नेविसंघद्धारा त्रिविका उपकुलपतिको कुर्सी जलायो

  • नेपाल फेस

  • बुधवार, आषाढ १० २०७७


  • नेविसंघद्धारा त्रिविका उपकुलपतिको कुर्सी जलायो


    काठमाडौं । बुधबार नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाको कुर्सी जलाएका छन् ।

    त्रिविका रजिस्टार पेशल दाहालका अनुसार आज दिउँसो पुगेको नेविसंघ विश्वविद्यालय इकाइको एक टोलीले उपकुलपतिको कुर्सी सडकमा लगेर जलाएका हुन् ।


    नेविसंघको टोलीले त्रिविको उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी पनि गरेको छ । त्रिवि अन्तर्गतका विभिन्न संकायको डीन र क्याम्पस प्रमुख नियुक्ति गर्दा नेकपा समर्थकमात्र नियुक्त गरेको भन्दै नेविसंघले विरोध गर्दै आएको थियो ।

    नेविसंघको विश्वविद्यालय इकाइका अध्यक्ष हरि आचार्यले तालाबन्दी गर्न जाँदा दुव्र्यवहार भएकाले विद्यार्थीहरुले कुर्सी जलाएको प्रतिक्रिया दिए । ‘तालाबन्दी गर्न जाँदा मिस बिहेब भएछ, आक्रोशित विद्यार्थीले भीसीको कुर्सी पनि जलाएछन्’ उनले भने ।

    बुधवार, आषाढ १० २०७७०२:१६:५२

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]