Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्री आलेको आक्रोश: ‘काले–काले मिलेर खाउँ भाले’ भने जस्ताे हाेइन, चार वटा टोयोटाले मन्त्री खरिद गर्न सकिन्न


    शुक्रबार, पुष १६ २०७८
    2.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पर्यटन बोर्डका सिईओ धनञ्जय रेग्मी सिईओ रहेसम्म केही प्रगति नहुन भन्दै आलोचना गरेका छन् ।

     शुक्रबार पर्यटन बोर्डको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री आलेले बोर्डमा रेग्मी सिईओ रहेसम्म केही प्रगति नहुन भन्दै आलोचना गरेका हुन् ।

    कार्यक्रममा आलेले रेग्मीमाथि आक्रोश पाेख्दै भने, ‘धेरै रिसाउनुभो, जाउ रक्सी खान भन्ने साँढेलाई राखेर बोर्ड चल्छ ?’

    उनले आफूलाई खरिद गर्छु भनेर नसोच्नसमेत चेतावनी दिँदै भने, ‘चार वटा टोयोटा गाडी बेचेर प्रेम आलेलाई खरिद गर्छु भन्ने नसोचे हुन्छ ?’ मन्त्री आलेले आफू इमान बेचेर चेयरमा नबस्ने बताए ।

    विगतमा जस्तो ‘काले–काले मिलेर खाउँ भाले’ भन्ने तरिकाले अब काम नहुने भन्दै अब प्रेम आलेको स्टाइलमा काम हुनुपर्ने बताए । मन्त्रालयमा विकृति धेरै भएको भन्दै सम्हाल्नै गाह्रो भएको उनको भनाइ छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार