Logo
  • मंगलवार, आषाढ २३ २०७७Jul 07 2020

प्रदेश २ मा ३३ अर्ब ५६ करोडको बजेट प्रस्तुत : कोरोना नियन्त्रण, कृषिमा जोड

प्रदेश २ मा ३३ अर्ब ५६ करोडको बजेट प्रस्तुत : कोरोना नियन्त्रण, कृषिमा जोड

  • नेपाल फेस

  • मंगलवार, आषाढ २ २०७७


  • प्रदेश २ मा   ३३ अर्ब ५६ करोडको बजेट प्रस्तुत :  कोरोना नियन्त्रण, कृषिमा जोड

    काठमाडौ, २ आषाढ । हिजो प्रदेश २ सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको आयव्ययको अनुमानित बजेट प्रस्तुत गरेको छ । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले हिजो  सोमबार बजेट प्रस्तुत गरेका छन् ।

    बजेटमा चालू खर्च तर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार अर्थात् ४५।०९ प्रतिशत तथा पुँजीगततर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार अर्थात् ५३/६७ प्रतिशत रहेको छ । साथै वित्तीय व्यवस्थातर्फ १६ करोड रहेको यादवले बताएका छन् ।

    प्रदेश २ सरकारले अगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्षभन्दा करिब ७ अर्बले कम रहेको छ ।
    कोरोना महामारी रोकथाम तथा नियन्त्रण, स्वास्थ्य क्षेत्रको सुधार, कृषि, रोजगारी र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ । त्यसैगरी, पर्यटन तथा वातावरण र कृषिमा अधारित उद्योगको विकासमा बजेटमा जोड दिएको आर्थिक मामिला तथा योजनामन्त्री यादवले बताएका छन् ।

     

    मंगलवार, आषाढ २ २०७७०६:१२:४५

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]